बिश्वका वैज्ञानिकहरुका अनुसार विभिन्न जीवन बृक्षका प्रजातिहरु तीब्र गतिमा बिलुप्त हुन थालेका छन् । ती प्रजातिहरु बिलुप्त हुनाले मानब जातिको भबिष्य नै अपूर्ब खतरामा पर्ने छ । पछिल्लो ताजा प्रतिबेदनले के चेतावनी दिएाको छ भने मानिससँग यो भयावह खतरालाई रोक्ने समय धेरै नै कम छ ।
एउटा अध्ययनले बताए अनुसार मानिसले ‘जीवन बृक्ष’का सम्पूर्ण शाखाहरुलाई नष्ट तुल्याइरहेको छ । जुन खतरालााई छैटौं ठूलो स्तरको बिलुप्त हुने खतरा भन्ने चेतावनी दिइएको छ । त्यसले बस्तुत के चेतावनी दिइरहेको छ भन यो परिदृष्य बिभिन्न प्रजातिहरुको छैठौं ठूलो स्तरमा बिलुप्त हुने कारणा बन्न सक्तछ ।
‘जीवनको बृक्ष’ एउटा रुपक मोडल र अनुसन्धाान उपकरण हो जसको उपयोग जैबिक बिकाको आकलन गर्न र जीबित र बिलुप्त जीबवहरुका बीचको सम्वन्धलाई बर्णन गर्नका लागि गर्ने गरिन्छ ।
प्रोसिडिङ्गस् अफ द नेशनल एकेडेमी अफ साइन्सेज(पीएनएस)माा प्रकाशित खोज अनुसन्धानका सह–लेखक र अटोनोमस नेशनल यूनिभर्सिटी अफ मेक्सिकोका प्रोफेसर गेरार्डो सेबलाोसका अनुसार ‘बिलुप्त हुने संकट जलवायु परिबर्तनको संकट सरह नै अत्यन्तै खराब छ । यसलाई मान्यता दिइएको भने छैन । उनले भनेका छन् ‘जे जे कुरा दाउमा लागेका छन ती सबै मानब जातिको भबिष्य हुन्’ ।
हुन त यो अध्ययन आफैमा अनौठो छ । किनकि यसले केवल प्रजातिका के कति नोक्सानी हुन्छ भन्ने जाँच या छानबिन गर्नुको साटो सम्पूर्ण प्रजातिहिरु ीबलुप्त हुने कुराको छानबिन या जाँच गर्दछ ।
हवाई बिश्वबिद्यालयका जीव बैज्ञानिक रबर्ट कोभीले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार ‘यो वास्तवमाा एउटा महत्वपूर्ण काम हो, मलाई के लाग्दछ भने यो पहिलो पटक हो जब कसैले सम्पूर्ण प्रजाति समूहहरु इा जेनेरा नै बिलुप्त हुने दरको अनुमान लगाउने कोशिश गरेको छ’ । कोभी यस अनुसन्धानमा संलग्न थिएनन् ।
बर्कलीमा क्यालिफोर्निया बिश्वबिद्यालयका प्रोफेसर एन्थोनी बार्नोब्स्की पनि यस कुरासँग सहमत छन् । उनले भनेकाा ाछन् ‘यो अध्ययनले वास्तबमा एउटा बृक्ष अर्थात ट्री अफ लाइफको पूरै साखाहको नोक्सानी देखाउँदछ । जसलाई सबैभन्दा पहिला चाल्र्स डार्बिनले बिकसित गरेका थिए’।
बार्नोब्स्कीका अनुसार यस अध्ययनबााट थाहा हुन्छ कि ‘हामीले बृक्षहरुको सबैभन्दा महत्वपूर्ण शाखहरुलााई मात्रै काटिरहेका छैनौ बरु ठूला शाखाहरुबाट छुटकार पाउनका लागि आराको उपयोग गरिरहेका छौं’ ।
यसका खोजकर्ताहरुले यस खोजका लागि धेरै हदसम्म इण्टरनेशनल यूनियन फर कञ्जर्भेशन अफप नेचर (आईयूसीएन)द्वारा बिलुप्तकारुपमा सूचिबद्ध प्रजातिहरुमााथि भरोसा गरे । उनीहरुले कशेरुक प्रजातिका (माछाहरुलाई छोडेर)माथि ध्यान केन्द्रित गरे, जसका लाािग धेरै डेटाहरु उपलब्ध छन् ।

जीबहरुको झण्डैझण्डै ५,४०० प्रजाति समूहहरु(झण्डै ३४६०० प्रजाति)हरु यस अध्ययनसँग सम्बन्ति बिशेषज्ञहरुले निकालेका छन् कि ती मध्येम ७३ प्रजाति समूह बितेकाक ५०० बर्षमा बिलुप्त भइसकेका छन् । तीमध्ये अधिकांश बितेका दुइ शताब्दीमा बिलुप्त हुन पुगे । त्यसपछि शोधकर्तहरुले त्यस स्थितिको तुलना धेरै प्राचीन जीवहरुको जिबाश्महरुसँग गरे ।
यस अनुसन्धानको समयमा लगाइएको अनुमान अनुसारा ती प्रजााति समूहहरुकलाई बिलुप्त हुन ५०० बर्ष होइन १८०० बर्ष लाग्नु पर्ने थियो । यद्यपि यस्तो अनुमान पनि अन्तिम र निश्चित भने हुँँदैन । किनभने जीवहरुका प्रजातिहरुको यस्ता सबै समूहहरुका बारेमा ठोस जानकारी उपलब्ध छैनन् र सम्वन्धित जीवाश्मको अभिलेख(रेकर्ड) पनि अधूरा रहेका छन् ।
प्रोफेसर गेरार्डो सबलोसका अनुसाार यस्तो मानबीय गतिबिधिहरुका कारणले हो, जस्तो कि बालीनाली या आधारभूत ढाचाका लागि अन्य जीवहरुका आवासहरुको बिनाशका साथै अत्याधिक माछा मार्ने र शिकार गर्ने कुरा यस अनुसन्धानकर्ताका तर्क अनुसार ‘यदि तपााईले एउटा इट हटाइ दिनुहुन्छ भने पर्खाल त भत्किदैन, तर धेरै इटा हटाउँदा पर्खाल भत्किन्छ । हाम्रो चिन्ता के हो भने हामी यति तीब्रताकासथ चीज बस्तुहरु गुमाइरहेका छौं कि हाम्रा लागि यो सभ्यता नै समाप्त हुने संकेत हो’ ।
यसैले सबैजसो बिशेषज्ञहरु के कुरामा सहमत छन् भने प्रजातिहरु बिलुप्त हुने बर्तमान दर चिन्ताजनक छ, तर के यस दरले जैबिक प्रजातिहरुको छैठौं ठूलो स्तरमा बिलुप्त हुने आरम्भको प्रतिनिधित्व गर्दछ, त्यसरी नै जसरी बितेकापछिल्लो पटक एउटा ठूलो उल्का पीण्ड पृथ्वीसँग टकराए पछि पृथ्वीबाट डायनोसर हराएको थियो ? यो कुरा यतिबेला छलफलको एउटा बिषय बनेको छ ।
बैज्ञानिहरु ठूलोा मात्रमा बिलुप्त हुनुलाई कम समय भित्र ७५ प्रतिशत प्रजातिहरुको हानी नोक्सानीकोरुपमा परिभाषित गर्ने गर्दछन् । जीब बैज्ञानिक रबर्ट केभी यस ‘एक पक्षीय’ परिभाषाको उपयोग गर्दै भन्दछन् कि छैठौं सामुहीक बिलोपन अहिलेसम्म भएको छ्न । तर तर उनले खबरदारी गरेका छन् कि ‘यदि हामीले मानिलिउ कि जैबिक प्रजातिहरुको पूरै समूह बर्तमा मौजूदा दरमा या त्यो भन्दा पनि तीब्र गतिले बिलुप्त हुन जान्छन् भने हामीले निश्चितरुपमा भन्न सक्छौं कि यो सम्भावित छैठौं सामुहिक बिलुप्तिको आरम्भ हो’ ।
बिभिन्न बैज्ञानिक एजेन्सीहरुको संकलनको आधारमा