शुक्रबार, कार्तिक ७ गते २०८३

सगुन सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न , सदस्यलाई ११.३४ प्रतिशत लाभांश दिने 

आश्विन ७, २०८० आइतबार
सगुन सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न , सदस्यलाई ११.३४ प्रतिशत लाभांश दिने 

सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २४ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
मधेस प्रदेशको उत्कृष्ट ब्यवसायीक एवं दिगो संस्थाको रुपमा स्थापित  सगुन सहकारी संस्थाका  अध्यक्ष  केशव प्रसाद ढकालको अध्यक्षतामा संविधान सभा सदस्य पुर्व रक्षा मन्त्रि तथा संघिय संसद   हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न भएको हो ।

 कार्यक्रममा मधेस प्रदेश संसद  जवारलाल कुशवाह , हरिवन न.पा .का प्रमुख रमेश बुढाथोकी,उपप्रमुख हरिमाया घलान, पुर्व मधेस प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती , नेफस्कुनको संचालक  हरेराम पट्टेल, जिल्ला बचत संघको अध्यक्ष  मन्दिरा  आचार्य, संस्थाको संस्थापक अध्यक्ष  बाबुराम घिमिरे विशिष्ट आतिथ्यतामा हरिवन सहकारी संजालको संयोजक  राम प्रसाद घिमिरे , वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

380283891_1270486076980095_8910939997985929107_n.jpg

आर्थिक बर्ष  ०७९/०८० मा संस्थाले १ अर्व ५१ करोड कारोवार गर्दै ४ करोड २६ लाख नाफा गरि ११.३४ प्रतिशत शेयर लाभांस सहित आ.व. ०८०/०८१ को बजेट तथा कार्यक्रम पारित गरेको  छ । संस्थाको उपाध्यक्ष तारादेवी सुवेदीले  स्वागत  मन्तव्य , कोषाध्यक्ष   विनोद कार्की ले वित्तीय  प्रतिवेदन  र   सचिव   राजकुमार उप्रेतीले बार्षिक प्रगति प्रतिवेदन  सभामा प्रतुत गरेका थिए । साधारण सभाको अवसर पारेर  संस्थाको सामाजिक उत्तरदायित्व अन्तरर्गत प्रादेशिक रक्त संचार भरतपुरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको र  १०५  जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । 

379643437_324098700197825_1542971014962458128_n.jpg

 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता