शनिबार, आश्विन १७ गते २०८३

 सहकारी सिद्धान्तमा चलेका संस्थाहरुमा समस्या छैनः केशव वडाल 


आश्विन ४, २०८० बिहीबार
 सहकारी सिद्धान्तमा चलेका संस्थाहरुमा समस्या छैनः केशव वडाल 

नेपालपत्र ,सहकारी दर्शन, सिद्धान्त र मूल्यमा आधारित रहेर   सदस्य केन्द्रित भई संचालन भएका सहकारी संस्थाहरु जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा अव्वल देखिएको  राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले  बताएका छन्। उनले कोटेश्वरमा रहेको सुयोग्य वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै भने, ‘अर्थतन्त्रमा संकुचनसंगै केही सहकारीमा समस्या देखिएको विषयलाई लिएर सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्य भएको छ । यो भ्रमलाई अभियानले चिर्नुपर्छ ।’

उनले  आर्थिक संकुचनले सहकारीमा समेत प्रभाव पारेको समयमा समेत सदस्यकेन्द्रीत भई सुयोग्य साकोसले गरेको क्रियाकलापबाट आफू खुसी भएको विचार व्यक्त  गरे । महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमीरे तथा वडा सदस्य हिरादेवी पोखरेलले साधारण सभामा शुभकामना व्यक्त  गरेको थिए   ।

कार्यक्रममा संस्थाकी सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुब्बाले सदस्य हितमा केन्द्रित सेवा प्रवाहले सुयोग्य साकोसले सदैव सदस्यहरुको मन जित्न सफल रहेको  बताए ।  साधारण सभाले संस्थाका अध्यक्ष पमी न्यौपानेद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक प्रकाश रेग्मीबाट प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आ.ब. २०७९।८० को लेखा परिक्षण प्रतिवेदन पारित गरेको थियो । साथै आ.ब. २०८०।८१ को वार्षिक कार्यक्रम तथा वजेट सर्वसम्मत स्वीकृत भएको थियो । सभाले संस्थाको लाभासं कोषबाट सदस्यहरुलाई शेयर रकमको १० प्रतिशत लाभांस वितरण गर्ने तथा ऐननियमावली अनुरुप कारोबारका आधारमा संरक्षित पूजी फिर्ता कोष रकम समेत वितरण गर्ने निर्णय गरेको छ ।

381518557_1435266690678551_7914095954541038892_n.jpg

सभाको वन्द सत्रमा भाग लिंदै सदस्यद्धय लिला कुमारी कट्टेल र ज्ञानु तामांगले संस्थाको सेवाबाट आफू सन्तुष्ट रहेको र अन्य वित्तिय संस्थाको खाता समेत बन्दै गरेर सुयोग्यमा नै सबै कारोबार गर्न थालेको जनाए ।सदस्य अइन्द्र लिम्वुले लाभांस वृद्धिका लागि सुझाव दिएक थिए । संस्थाले प्रत्येक वर्ष आश्विन ३ गते संविधान दिवसका दिन साधारण सभा गर्ने निर्णयानुसार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभामा ९ सय १८ जना सदस्यहरुको उपस्थिति थियो । जुन कुल सदस्य संख्याको ६४ प्रतिशत हो ।