कास्कीको पोखरा १९ पुरुन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको ३१ औं बर्ष पुरा गरेको छ । संस्थाको ३१ औं स्थापना दिवस एवं महिलाहरुको चाड हरितालीका तिजको अवसरमा संस्थाले तिज गित कार्यक्रमको आयोजना गरेकोे थियो । उक्त कार्यक्रममा १५ ओटा समुहहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । महिला विकासमा सहकारी विषयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी टिम मध्ये उपकार आमा समुह प्रथम भएको थियो भने, शिवपुरी आमा समुह दोस्रो र लाली गुरास आमा समुह तेस्रो भएको संस्थाले जनाएको छ ।

त्यसै गरी सिप विकास आमा समुह र लाली गुरास आमा समुह (टाकुरा) ले सान्तवना स्थान हाँसिल गरेका थिए । उत्कृष्ट नृत्य जागृती आमा समुले प्राप्त गरेको थियो । कार्यक्रममा बाल बचत कर्ता सुदिक्षा अधिकारी र आयुसा बराललाई बचतको महत्त्व सम्बन्धी सन्देश मुलक तिज गित प्रस्तुत गरेकोमा उत्कृष्ट बाल प्रतिभाको रुपमा सम्मान गरिएको थियो । १ हजार २४७ महिला सदस्य रहेको उक्त संस्थामा तिज गित कार्यक्रममा ७०० भन्दा धेरै शेयर सदस्यहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको निर्णायकको संयोजक लेखक गायिका एवं साहित्यकार अम्विका भण्डारी रहेकी थिईन् भने सदस्यमा विष्णुकुमारी आचार्य र कृष्ण प्रसाद आचार्य रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पंगेनीले तिज पर्वले महिला शसक्तिकरणको क्षेत्रमा महत्वपुर्ण भमिका खेलेको बताईन् । पछिल्लो समय तिजको मौलिक्ता माथी प्रहार भएको भन्दै उनले तिज पर्वको मौलिकता जोगान सबै हिन्दु नारी एक जुट भएर लाग्नु पर्ने साथै सहकारीले महिलाको आर्थिक सशक्तिकरणको सवालमा महत्वपुर्ण भुमिका खेल्न सक्ने उनको भनाई थियो । त्यस्तै गरी संस्थाले ३१ औं स्थापनाको समापन कार्यक्रम संस्था स्थापना गर्दाका संस्थापक ६८ जना शेयर सदस्यहरुको विच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष भिम प्रसाद अधिकारी प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा संस्थाका ब्यबस्थापक प्रेमसागर अधिकारीले जनसेवा साकोस हिजो, आज र भोली शिर्षकमा संस्थागत प्रस्तुती राखेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुर्व अध्यक्ष एवं संस्थापक तेजवहादुर अधिकारीले जनसेवा साकोसले स्थापना काल देखि नै नीति र विधिमा रहेर सहकारीका मुल्य, मान्यता अनुरुप कार्य गरेको र निरन्तर बृद्धि र विकासमा लागेकोले यसले आगामी दिनमा पनि सफलता प्राप्त गर्न सकोस भन्ने शुभकामना दिए । त्यसैगरी संस्थापक सदस्य विष्णू प्रसाद अधिकारीले जनसेवा साकोसले निती विधि र प्रविधिलाई अंगालेर कार्य गरेकोले अहिलेको प्रतिकुल अवस्थामा पनि सहज रुपमा संचालन भएको बताए । ‘ हाल सहकारीहरुमा पुष माघको तुसारो परेको छ ,जुन जुन सहकारी संस्थाहरले यो तुसारोमा आफुलाई सक्षम रुपमा उभ्याउँछन ,तिनैले भोली बसन्तको सुनौलो विहान देख्न सक्ने छन् ’उनले भने । कार्यक्रममा बोल्दै संस्थापक राम प्रसाद अधिकारीले जनसेवा साकोसले पुरुन्चौरको समाज र समाजका ब्यक्तिहरुको मुहार फेर्न सफल भएको भन्दै आगामी दिनमा संस्थाको थप सफलताको शुभकामना व्यक्त गरे ।
कुल २हजार २३४ जना शेयर सदस्य रहेको जनसेवा साकोसमा ३४ करोडको वासलात रहेको छ भने बचत रकम २७ करोड ऋण लागनी २८ करोड रहेको छ । संस्थागत पुँजी ६.८० प्रतिशत रहेको जनसेवा साकोस नेफ्स्ुकनले सञ्चालन गरेको प्रोबेसन ब्राण्ड प्राप्त गरी निरन्तर नविकरण गर्न सफल भएको छ । संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा अभ्यासरत रहेको छ । संस्थाले विभिन्न समयमा प्राप्त पुरस्कारहरु मध्ये राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी ब्यबसाय पुरस्कार, कास्की जिल्ला बचत संघबाट बखान सहकारी अवार्ड, नेफ्स्कुन फिल्ड कार्यलय पोखराबाट उत्कृट कारोवारकर्ता सम्मान, नेफ्स्कुनबाट गण्डकी प्रदेशको उत्कृट संस्थाको रुपमा सम्मानित भै सकेको छ भने संस्थाका ब्यबस्थापक प्रेमसागर अधिकारी हालै नेफ्स्कुनको ३६ औं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशको उत्कृष्ट ब्यबस्थापकमा सम्मानको लागि घोषित भएका छन् ।
