
परशुराम कोइराला
पोखरा
.
......दर्शनका आरम्भ र विकासमा नेपाली भूमि वैदिक कालदेखि नै उर्वर देखिन्छ । भारतवर्षभित्रका देशहरूबाट अङ्ग्रेजले भारत (India) अलग छुट्ट्याए पछि भारतीय भूमिबाट लिखित सामग्रीका आधारमा भारतीय दर्शनउपज देख्ने चलन पनि निकै अपूर्ण र अधुरो ज्ञानउपज मान्न सकिन्छ ।भारतीय विद्धानहरूलाई समेत प्रभाव पार्ने गरी बादरायन (बेदब्यास), गर्ग/गार्गी, अरनिको, बुद्ध,गौतम,सीता,जनक, यज्ञवलक्य,बोन,शिव तथा शाक्त सम्प्रदाय ,कैलाशका शैवदर्शन ,पाशुपत दर्शन सम्प्रदाय, कुर्वान्चल(कुमाउ),हिमवतखण्ड (गढवाल क्षेत्र ), मानसरोवर ,सिंजा दर्शन, जोसमनि सम्प्रदाय ,योगी नरहरिनाथ आदि नाथ सम्प्रदाय , जयपृथ्वीबहादुर सिंह ...आदि धेरै दार्शनिकहरु जन्म भूमि आधा गुमेको र आधा बँचेको नेपाल भूमि नै हो ।हुन त मोहन बैद्य किरणका दार्शनिक ज्ञान नेपाली विशिष्टतामा निकै माथि र अतुलनीय छ ।उनको विभिन्न कृतिहरूमध्य हिमाली दर्शन पौरस्त्य (पूर्वीय )दर्शन परम्परामा विशेष महत्व राख्ने पठनीय र सङ्ग्रहणीय महत्त्वपूर्ण ज्ञानवर्धक ऐतिहासिक कृति पनि हो । दर्शन ज्ञानका तहमा पश्चिमलाई पूर्वले पनि केही र धेरै,धेरै सिकायो । नेपालले पनि धेरै सिकायो र विश्वले पनि धेरै लाभ उठायो । तैपनि नेपाली दर्शनका चर्चा कमै सुनिन्छ ।पिएच् डि स्कलरका बीच नेपाल दर्शनका क्षेत्रमा यस पुस्तक उपयोगी सामग्रीका रूपमा विज्ञका तहसम्म पटकपटक सुखद र विषद् चर्चा पनि पायो यसले । नेपालमा दर्शनका छलफल शुरु भए पनि विश्वविद्यालय तहमा दार्शनिक जन्माउने परिवेश अहिलेसम्म खासै छैन र देखिदैन । दर्शन ज्ञानविनाका राजनीति ओैचित्यहीन हुने र समाजमा नयाँ ज्ञान प्राप्तिका भोक सधैं रहने यथार्थ सत्य हो ।
हरेकका जन्म र जीवन नयाँकै लगि देख्नेहरू पनि छन् ।हामीले नयाँ दर्शन लेखौं,विकास गरौं भने पनि सांसारिक र न्यायविहीन लौकिक जीवनपद्धतिमा अनेक कारणले पनि त्यसै कठिन छ ।सुकरातले न्याय र सत्यका प्रचार गर्दा ग्रिसका सत्ताले सत्य र न्यायका कुरा रोज्छस् कि मृत्युवरण रोज्छस् भनेर सत्ताले सोध्दा सुकरातले मृत्युका लागि विष रोजेका थिए । प्लेटोका ज्ञानमीमांसा, तत्वमीमांसा र मूल्यमीमांसा आदिकै प्रभावबाट विकसित र हरेक पुराना सोंचचिन्तनका विकल्पमा पन्ध्रौं शताव्दीपछिका युरोपका पुनर्जागरणका जस्तो अवस्था नेपाली परिवेशमा पनि अहिले चाहिएकै छ । ग्यालिलियोले पृथ्वीले सूर्यलाई घुम्छ भन्दा तत्कालीन समाजले उनलाई मुर्ख र पागल बनायो ।राजनैतिक ,आर्थिक,सांस्कृतिक हर क्षेत्र दर्शनका अधीनस्त हुन्छ नै ।नयाँ राजनीति, समाज,संस्कृतिमा नयाँ विकल्पसहितका दर्शन चिन्तन चाहिएकै छ ।नेपाली भूमिमा धेरै दार्शनिकहरू जन्मेर थुप्रै दर्शनहरूका प्रतिपादन भए । नेपाल बहुसंस्कृति र बहुदर्शनका केन्द्र बन्यो ।हिमाल,पहाड,तराईले विश्वलाई ज्ञान र गति दिने धेरै दार्शनिकहरू जन्मायो ।नेमुनिका दर्शनउपज थियो नेपाल ।
खास मानव मुक्तिका दर्शन नलेखिएका भए पनि नेपाल अनेक दर्शनका उद्गम स्थल भनेर विभिन्न विद्वानहरूबाट तथ्यसहित बिभिन्न बिमर्शहरू हुँदै आएका छन् ।नेपाली व्यास उपज वेदलाई संसारलाई ज्ञान सिकाउने दर्शन बन्यो भने वेदव्यास यसका साक्ष्य मानिन्छ । अध्ययनै हुन नसकेका विषय त प्रशस्त हुन सक्छन् ।नेपालबाटै रुद्र शिवलाई महेश्वर मान्ने संसारकै जेठो ग्रन्थ ऋग्वेद ,जनक, सीता,गार्गी, सांख्यदर्शनका प्रवर्तक वादरायन (बेदब्यास),सर्वप्रथम आफूलाई देख्नुपर्छ भन्ने याज्ञबलक्य र उनका बृहदारण्यकोपनिषद्, राजा जनकसमेत प्रभावित वन्न पुगेका चिकित्सक जनकपुरका महर्षि गौतमका अष्टाबक्र दर्शन ,पश्चिमाले एसियाका तारा मानेर खुम्च्याउने प्रयत्न गर्दागर्दै पनि विश्वका तारा मानिने बुद्ध,जोसमनि परम्पराका सूत्रधारहरूदेखि , जुनसुकै विचार प्रवृतिका समाज,संस्कृतिका पक्षधर भएपनि मन्त्रलाई शक्ति देख्ने शैव दर्शन र मष्टो आदि , कर्णादका वैशेविक दर्शन,पाशुवत दर्शन ,योगी नरहरिनाथ र जयपृथ्वीबहादुर सिंह ज्ञान र दर्शन परम्परामा नेपाल विश्वकै अग्रज देखिन्छ ।
त्यसो त गुरुमतका खण्डन नगरी नवमत जन्मन्न ।
थाइल्याण्ड,भुटान,नेपाल,पाकिस्थान,बङलादेश, कुनैबेला भारतबर्षमा पर्ने देशहरू थिए । अङ्ग्रेजले भारतवर्षलाई इण्डिया नामाकरण गर्यो । केदारखण्डे गढवालतिरका क्षेत्र हो ,जुन पहिलेका नेपाल थियो ।भारतवर्षभित्रका लुम्विनीका बुद्धलाई भारतीय बनाए पनि तथ्य त्यस्तो थिएन ।बैदिक मन्त्रपूर्व जन्मेका प्रकृतिपूजक बोन दर्शनहुँदै राई,किराँत,खप्तड स्वामीसम्म,धेरै दार्शनिकहरूका भूमि नेपाल भएका प्रमाणहरू नेपाल प्रज्ञाप्रतिष्ठानका विभिन्न प्रकाशनहरूमा समेत पाइनुले कुनै बेला भारत वर्षमा पर्ने आधारमा नेपाली दर्शनलाई भारतीय दर्शन भन्न मिल्दैन । शिवका समाज भनेका बाघ,र साँढे,सर्प, भ्यागुता, मुसा,फरक लिङ्ग,बर्ग,जात ,सम्प्रदाय सँगै हुनसक्ने समन्वयकारी मिलनका दर्शन हो ,,जुन दर्शनका जन्म पनि नेपालमै भयो । पुरेत र शासकहरुले आफ्ना हित र पेशाअनुकूल नबनाएका भए नेपालदर्शनका फाँटमा उर्वर भूमि देखिन्छ नै । तर वैध्यलेसमेत उपयोगी कृति नेपाली दर्शर्नलाई हिमाली दर्शन नाम दिए पनि यसोगर्दा समग्र नेपाली दर्शनलाई न्याय भएका अनुभूति गर्न सकिने देखिन्न ।नेपाली भूमिले दर्शनका क्षेत्रमा संसारलाई सवक सिकाएको छ । पहिलेका भारतवर्षभित्रका देश हुँदैमा भारतीय दर्शन भन्नु शोभनीय नहोला नै .....................! कृतिमा लेखकीय प्रयत्न र मेहेनत साधना विशेष देखिए पनि नेपाली दर्शनै भनेर जादा कृति अरू सुन्दर र सान्दर्भिक बन्ने कुरा निर्विवाद हुन्थ्यो नै ।
साभार : परशु काेइरालाजीकाे मुहारपुस्तिका
परशु काेइराला