नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न १५ दिने सूचना जारी गरेको छ। आइतबार सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत आपूर्ति सुविधा लिएका उपभोक्तालाई महसुल पटक पटक वितरण केन्द्रहरुबाट बक्यौता महुसल तिर्न पत्रचार गरेतापनि धेरैले हालसम्म महसुल नबुझाएको जनाएको छ।
सूचना जारी भएको मितिले १५ दिन भित्र बक्यौता महसुल तिर्न अन्यथा लाइन काटिने चेतावनी प्राधिकरणले दिएको छ । प्राधकिरणले महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियामली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने जनाएको हो ।