शनिबार, कार्तिक ८ गते २०८३

जनउत्थान साकाेसले साना तथा मझौला व्यवसायीलाइ सहुलियत दरमा ऋण दिने

भाद्र १२, २०८० मंगलबार
जनउत्थान साकाेसले साना तथा मझौला व्यवसायीलाइ सहुलियत दरमा ऋण दिने

जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साना तथा मझौला व्यवसाय प्रवर्धनका लागि सहुलियत दरमा ऋण दिने भएको छ । कोभिड १९ र आर्थिक मन्दीका कारण सेवा क्षेत्रमा परेको प्रभावले गर्दा पर्यटन व्यवसाय माथि उठ्न नसकेको भन्दै संस्थाले सहुलियत दरमा ऋण दिन लागेको हो ।

संस्थाले रेष्टुरेण्ट पुनरोत्थानका लागि १३ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने भएको छ । उक्त ऋण पर्यटन व्यवसाय प्रवर्धनका लागि उपयोग गर्नुपर्ने र ऋणको सीमा १० लाख रहेको संस्थाले जनाएको छ । ५ वर्षे अवधिका लागि उक्त ऋण प्रदान गरिने र मासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ । ऋण लिन नियमित मासिक बचत गरेका, पुरानो ऋण लगेको भए त्यसमा हर्जाना नलागेका तथा रेष्टुरेन्टबाट दैनिक बचत गरिरहेको हुनुपर्ने शर्त संस्थाले राखेको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, काेटीहवामा मुख्य कार्यालय रहेको संस्थाको २०८० साउन मसान्त सम्म ३ अर्ब ४१ करोड ७३ लाख कुल सम्पत्ति पुगेको छ । संस्थाको शेयरपुँजी ३० करोड ४२ लाख, बचत संकलन २ अर्ब ५८ करोड ५२ लाख र ऋण लगानी २ अर्ब ५७ करोड १० लाख रहेको छ । संस्थाको जगेडा कोषमा २८ करोड ७० लाख, कर्जा जोखिम कोषमा ५ करोड ५४ लाख र तरलता २४.३८ प्रतिशत रहेको छ । संस्थाका ४० हजार ७ सय सदस्य मध्ये १० हजार २४२ जना सदस्यले  ऋण उपभोग गरिरहेका छन् ।