शनिबार, आश्विन १७ गते २०८३

साेमालियाली शरणार्थीहरूकाे काठमाण्डाैमा धर्ना


भाद्र ११, २०८० सोमबार
साेमालियाली शरणार्थीहरूकाे काठमाण्डाैमा धर्ना

काठमाण्डौ। काठमाडौंमा रहेका सोमालियाका शरणार्थीहरुले आज धर्ना कार्यक्रमकाे आयाेजना गरे । उनीहरुले संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयकाे अगाडि, महाराजगञ्जमा बिहान १० बजे धर्ना बस्ने तयारी थालेका थिए ।

उनीहरूले सोमालियाको आन्तरिक युद्धको कारण आफूहरु विस्थापित हुनुपरेको गुनासाे गरे । मुलुकको आन्तरिक अवस्था खराब रहेकाले तत्काल सोमालिया फर्कन समस्या रहेको शरणार्थीहरु बताउँछन् । 

कार्यालयले युरोपलगायत अन्य मुलुकका शरणार्थीहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सोमालियाका नागरिकको माग रहेकाे जनाएकाे छ । उक्त माग पूरा गराउन शान्तिपूर्ण धर्नामा बस्न लागिएको जानकारी दिएका छन् ।