शनिबार, आश्विन १७ गते २०८३

काँग्रेस महामन्त्रीमा उमेद्वारी दिने गगनको घोषणा

भाद्र १४, २०७८ सोमबार
काँग्रेस महामन्त्रीमा उमेद्वारी दिने गगनको घोषणा

 

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन्। 
काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील कार्यकर्ताहरुर्ला सम्बोधन गर्ने कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक घोषणा गरेका हुन्।

‘१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ थापाले भने, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ।’

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठे पनि शशांक कोइरालासँग पराजित भएका थिए। महाधिवेशन कुन प्यानलबाट उमेदवार बन्ने भन्नेबारे भने उनले खुलाएका छैनन् । नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।