शनिबार, आश्विन १७ गते २०८३

ललितपुर उद्योग वाणिज्य संघको आसन्न  साधारणमा बज्राचार्यले अध्यक्षमा उम्मेदवारी दिने 


भाद्र ५, २०८० मंगलबार
ललितपुर उद्योग वाणिज्य संघको आसन्न  साधारणमा बज्राचार्यले अध्यक्षमा उम्मेदवारी दिने 

ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४ औं साधारण सभा तथा अधिवेशनमा लागि संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, युवा उद्यमी  बिस्व राज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बज्राचार्यले एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलापूर्वक निर्वाह गरिसकेका छन् । हाल बज्राचार्य वर्तमान वरिष्ठ उपाध्यक्ष रहेकाछन्।

बज्राचार्य सोसल ईन्टरप्रेनरको रुपमा पनि परिचित छन् । ब्यवसायीक नेतृत्व विकास र ब्यवसायिक ईमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि  बढेका  बज्राचार्यले राज्य ब्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा जोड दिएका छन्  । बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् । 

यसैगरी, वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुर जिल्लाका प्रसिद्ध ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यको समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक कार्यकाल कार्यसमितिको संस्थागत सदस्य र संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिसकेका छन् । संघको आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुल स्थित यल दरवारमा साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।