शनिबार, आश्विन १७ गते २०८३

मेची सहकारीको अध्यक्षमा पुनः भट्टराई

भाद्र १३, २०७८ आइतबार
मेची सहकारीको अध्यक्षमा पुनः भट्टराई

 

मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न भएको छ । सभाले छैठौं  कार्यकालको लागि संचालक समिति तथा लेखा सुपरीवेक्षण समिति सर्वसम्मतमा चयन गरेको छ । 

छैठौं कार्यकालका लागि कार्यसमिति अध्यक्षमा नारायण प्रसाद भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन् ।  त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा शान्ता गौतम , सचिवमा राजेन्द्र प्रसाद दाहाल चयन भएका छन् । सञ्चालक समिति सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने , रामकुमारी तामाङ, मिनाकुमारी कोइराला, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाइ, मन्जुकुमारी फुयाल, गणेशबहादुर तामाङ र नरपती पाण्डे सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समिती संयोजक देबेन्द्र भण्डारीले जानकारी दिए । 

त्यसैगरी लेखासुपरिवेक्षण समितिको संयोजकमा हरिप्रसाद चापागाईं तथा सदस्यहरुमा कृष्ण प्रसाद दाहाल र सुमित्रा सुवेदी चयन भएका हुन् । 

mechi agm 2.jpg

संस्थाले सहकारी विभागको साधारणसभा सम्बन्धी गत वर्षकै मार्गनिर्देशनलाई आधार मानेर ईकाईस्तरमा प्रतिवेदन वितरण कार्यक्रम शुरु गरेको थियो ।  दुईसातासम्म सदस्यहरुलाई प्रतिवेदन अध्ययनका लागि दिने र प्राप्त सुझावलाई समेटेर हिजो साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भट्टराईले चालु आ।व।को नीति तथा कार्यक्रम र संस्थाका सीइओ खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्था र कारोबारका बारेमा प्रकाश पारेका थिए । 

संस्थाले वार्षिक साधारणसभाको अवसरमा विभिन्न सहकारी अभियन्ता, पत्रकार, ८४ वर्ष नाघेका शेयरसदस्य तथा कर्मचारीलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरेको थियो ।

आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्म संस्थामा ९४८० जना शेयरसदस्य पुगेका छन् । त्यसैगरी ३१ करोड १४ लाख शेयरपुँजी, जगेडा तथा अन्य कोषहरुमा २० करोड माथि, बचत संकलन १ अर्ब ९३ करोड र ऋण लगानी २ अर्ब ५० करोड गरी कुल वासलात २ अर्ब ९६ करोड पुगेको छ । 

mechi agm kb.jpg