आर्थिक वर्ष २०७९।०८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको समष्टिगत वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत आ.व. मा कुल १२ खर्ब २० अर्ब रुपैया विप्रेषणमार्फत भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ४.८ प्रतिशतले बढेको थियो ।
त्यस अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ४० प्रतिशतले वृद्धि भएको छ । गत आ.व. मा कुल ४ लाख ९७ हजार ७०४ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका थिए । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा पुन: श्रम स्वीकृति लिएर रोजगारीमा जानेको संख्या २ लाख ७७ हजार २७२ रहेको छ ।
नेपालपत्र संवाददाता