२०४५ सालमा एसियाली ऋण महासंघ र युएसए क्यानडा भन्ने २ वटा संस्थाले नेफ्स्कुनको स्थापना गर्न सहयोग गरेका हुन् । त्यअघि साझा सहकारीहरु थिए । साझाको सल्लाह अनुसार नै नेफ्स्कुन गठन भएको हो । नेफ्स्कुनको छ पटक नामाकरण भएको छ । २०४५ साउन ३२ गते सुरुमा यसको नाम बचत समुह राष्ट्रिय संघ तदर्थ समिति रहेको थियो । बचत समुह मात्र भयो भनेर ऋण पनि थप्नको लागि ४ महिना पछि बचत तथा ऋण समुह राष्ट्रिय संघ भनेर नामाकरण गरियो । त्यसको २ वर्ष पछि राष्ट्रिय बचत तथा ऋण संघ भन्ने भयो । २०५० सालमा संघको चुनाव पनि भयो । मैले चुनाव जितेँ । सहकारी ऐनले राष्ट्रिय सहकारी संघ बाहेक अन्यलाई राष्ट्रिय राख्न दिँदैन भन्ने कुरा आयो । त्यसबेला बेला रजिष्ट्रार शंकरराजजी हुुनहुन्थ्यो । उहाँले राष्ट्रिय शब्द राख्न पाईंदैन भनेपछि त्यसबेलाका महासचिवज्यूले नेपाल बचत तथा ऋण सहकारी संघ लि. भनेर सुझाउनुभयो र उहाँकै सुझाव अुनसार २०५० सालमा दर्ता भयो ।
म अध्यक्ष भएको बेला प्रकाशचन्द्र लोहनी मन्त्री हुनुहुन्थ्यो । मैले संघको साधारणसभाको प्रमुख अतिथि बोलाउन भनेर भेट्न गएँ । उहाँले प्रारम्भिक संस्था हो ? भनेर सोध्नुभयो । राष्ट्रिय स्तरको दिपकप्रकाश बाँसकोटाको संघ छ । तपाईं कुनस्तरको भनेर सोध्नुभयो मैले बचत ऋण सहकारीको केन्द्रिय संघ हो भनेर भनेँ । त्यसपछि उहाँ हाम्रो साधारण सभाको प्रमुख अतिथि भएर आउनुभयो । केन्द्रिय शब्द नभएकाले यसले अलमल बनायो भन्ने मलाई महशुस भयो । २०५३ सालमा विनियम संशोधन गरेर हामीले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ बनायौं । नेफ्स्कुन स्थापना ताका प्रारम्भिक संस्थाहरु कमै मात्र थिए । त्यसबेला साझाभित्र धेरै समितिहरु रहेछन् । स्वास्थ्य समिति, साझा भण्डार, साझा यातायात र साझा प्रकाशन । तिनैलाई सहभागि गराएर नेफ्स्कुन गठन गरियो । त्यसबेला साझामा ४ वटा संघ थिए । त्यहाँ धेरै मजदुरहरु आवद्ध थिए । तिनीहरुको प्रतिनिधित्व गरेर संघ खोलियो । त्यो बेला धेरै जसो साझाकै मानिस बचत तथा ऋण संघमा रहे । फ«ेण्ड्स फोरम बचतऋण सहकारीबाट पनि प्रतिनिधित्व गराइयो ।
आर्थिक अवस्था कमजोर भएका वर्गलाई माथि उठाउने नेफ्स्कुनको उद्देश्य हो । सहकारीले आर्थिक मात्रै होइन सामाजिक र साँस्कृतिक विकासको पनि काम गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय परिभाषा छ । सहकारीले वित्तीय मात्र नभई सामाजिक कार्य पनि अगाडि बढाउनुपर्छ । बचतऋण सहकारी गाउँ र गरिबकहाँ जानुपर्ने हो । नेपाल क्रेडिट युनियन डेभलपमेन्ट कोप भन्ने कार्यक्रम मेरो पालामा सञ्चालन गरेँ । त्यसको काम राम्रा संस्थाले दिएको सहयोगलाई ग्रामीण क्षेत्रमा सहकारी खोलेर गरिबी निवारण गर्ने रहेको थियो । मेरो पालामा बचत गर्ने चलन नै थिएन । हामीलाई दातृ संस्थाले दिएको पैसा खर्च गरेरै सकिँदैनथ्यो । सन् १९९५ देखि ९७ सम्म नेफ्स्कुनलाई आयरल्याण्डले सहयोग ग¥यो । यसमा अगस्टाइन गुुस्मुर्रेको ठूलो योगदान छ । नेपालभर बचतऋण सहकारी संस्था कसरी खोल्ने भनेर हामीले सोच्यौं तर हामीसँग त्यसको लागि कुनै श्रोत नै थिएन । हामी १५ जना सञ्चालक बस्ने मेचसम्म पनि थिएन । शेर्पाको घरमा नेफ्स्कुनको कार्यालय थियो । उहाँको डाइनिङ्ग टेबुल कार्यालयमा प्रयोग गरिएको रहेछ । म अध्यक्ष भएर गएपछि डाइनङ्गि टेबल घरबेटीले नै लगे ।
मैले सहकारी विकास बोर्डलाई भनेर त्यहाँबाट ५० हजार रुपैयाँ ल्याएर सञ्चालकहरु बस्ने फर्निचर बनायौं । हुम्लामा म आफैं गएर सहकारी खोलेँ । जीवन शाही मन्त्री भएका बेला मेरो गाउँमा सहकारी पु¥याएको उहाँले नै हो भनेर भन्नुभयो । सहकारी गाउँ र दुर्गम क्षेत्रमा नै जानुपर्छ । तर अहिले बचत तथा ऋण सहकारी धनीहरुकहाँ गइरहेको छ । शहरमा सहकारी खोल्ने क्रम बढी भइरहेको छ । २०७० सालमा बचत ऋण सहकारी नखोल्ने निर्णय अभियान र सरकार बसेर गरे । निर्णयलाई कार्यान्वयन गर्ने काम अभियानको हो । अहिले बहुउद्देश्यीय सहकारी दर्ता गरेर बचतऋणको कारोबार गरिराखेका छन् । यो कुरा अभियानको तर्फबाट राज्यलाई भन्नुपर्ने हो । तर अभियान्ताहरु नै बोल्दैनन् । मेरो पालामा ५÷६ सय बचत ऋण सहकारी खुलेका थिए भने ३ सय जति नेफ्स्कुनमा आवद्ध भएका थिए । जुनसुकै संस्थालाई मेरो पालामा सदस्य दिने गरेको थिइँन । नेफ्स्कुनको सदस्य हुनु भनेको बैतरणी तर्नु जस्तै गाह«ो थियो । मैले संस्थाको सबै कुरा अध्ययन गरेर मात्र सदस्य दिन्थेँ । मैले २ वटा संस्थालाई सदस्यता नै दिइँन । एउटा संस्थाको सचिव तालिम लिन काठमाण्डौ आएको थियो । त्यहिबेला नेफ्स्कुनबाट एउटा रजिष्टर किनेर लगेछन् । फर्किएपछि नेफ्स्कुनबाट खातापाता किनेर ल्याएको भनेर ४६०० रुपैंया टिएडिए लिएछन् । त्यो कुरा अडिटरले प्रतिवेदनमा उल्लेख गरेका रहेछन् ।
मैले उहाँहरुलाई कि त्यो पैसा असूल गर्नुस् वा संस्थाबाट ती व्यक्तिलाई हटाउनुस् भनेँ, यदि त्यस्तो व्यक्तिले भोलि नेफ्स्कुनमा जित्यो भने के हुन्छ ? म सदस्यता दिन्न भनेर रोकिदिएँ । पछि ती व्यक्तिलाई हटाइसकेपछि मात्र सदस्यता दिएँ । अडिट रिपोर्ट छ कि छैन भनेर मात्रै टिक लगाउने होइन । अडिटमा के लेखेको छ भनेर पनि पढ्नुपर्छ । राष्ट्रबैंकमा जाँदा नेफ्स्कुनको सदस्य भनेपछि निरिक्षण नै गर्दैनथ्यो । नेफ्स्कुनको सदस्य हामीले निरिक्षण गर्नुपर्दैन । हामीले भन्दा कडा निरिक्षण नेफ्स्कुनले नै गर्छ भन्ने विश्वास थियो । सहकारी संस्था बढाउन संघका पदाधिकारीहरुलाई र संघका कर्मचारीहरुलाई पनि भनेँ । संघमा एकजना सुशीला भन्ने कर्मचारी थिइन् । उनले सर मलाई तीनचार दिनको बिदा चाहियो भनिन् । मैले किन भनेर सोधेँ । उनले एकपटक माइत पुगेर आउँछु भनिन् । मैले उनलाई एउटा काम गरे आउनुस्, टिएडिए पनि पाउने गरी काजमा पठाइदिन्छु भनेँ । उनको माइती मोरङमा थियो । माइती गाउँमा बचत ऋण सहकारी खोल्नु र यसको प्रचारप्रसार गर्नु भनेँ । पछि उनले बचत ऋण सहकारी संस्था खोलेर आइन् । त्यसकै प्रभावले मोरङमा बचतऋण सहकारी राम्रो भएको छ । दोलखामा पनि डिबी बस्ने, गोकुल कार्कीहरुलाई संस्था खोल्न अभिप्रेरित गरेँ । पीछडिएको गाउँबस्तीमा बचतऋण सहकारी अभियान नेफ्स्कुनले लगेको हो । कर्णाली अञ्चलमा पनि बचतऋण अभियान लैजाने सोच आयो । त्यसका लागि नेपालगञ्जलाई सेन्टर बनाउनुपर्ने रहेछ । भेरी, कर्णालीका सबै जिल्लाका मानिस त्यहाँ आउने रहेछन् ।
मैले नेपालगञ्जलाई केन्द्र बनाएँ र त्यहाँको जिल्ला संघलाई बलियो बनाएर भेरी र कर्णालीमा सहकारीको बारेमा प्रचार गर्न जिम्मा दिएँ । कालिकोटमा पनि सहकारी खोल्यौं तर डोल्पामा म जान सकिन । हुम्ला र जुम्लामा म आफैं गएँ । मेरै पालामा बचत ऋण सहकारीलाई व्यापक बनाउने काम भएको हो । कति संस्था दर्ता भएभनेर यकिन तथ्यांक त्यसबेला थिएन । तर नेफ्स्कुनमा आवद्ध ३ सय संस्थाको प्रतिवेदन म आफैं पढ्थेँ । जसले प्रतिवेदन निकाल्दैनथ्यो, त्यसलाई प्रतिवेदन निकाल्न भन्थेँ । मेरा पालामा कर्मचारी दुईतीनजना मात्रै थिए र हामी सञ्चालकहरुनै खटेर काम गथ्र्यौं । रातको १२ बजे मात्र घर फर्कन्थ्यौं ।
बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित गराउन नेफ्स्कुनले सहकारीको सिद्धान्त पालनामा जोड दिनुप¥यो ।
बचतको सिद्धान्त, बचतको मुल्य छ । सहकारी विभागले बचतको ५ वटा मान्यता ल्याएको छ । त्यो मान्यतालाई प्रारम्भिक संस्थासम्म पु¥याउनुपर्छ । अर्को सरकार र अभियानसँगै जाने बातावरण बनाउनुपर्छ । नेफ्स्कुनले राजनीतिक भागबण्डालाई हटाउनुपर्छ । राजनीतिक दलको जिल्ला स्तरीय कार्यकर्ता सञ्चालक समितिमा बस्न नपाउने भनेर विनियममा व्यवस्था गर्नुप¥यो । बहुदलीय व्यवस्थामा राजनीति नगर भनेको होइन । तर एउटा कुनै पार्टीमा आस्था रहेपनि त्यसलाई सहकारीमा छिराउनु हुँदैन । मन्दिरमा जाँदा जुत्ता फुकाल्नुपर्छ र चर्पीमा जाँदा जुत्ता लाएर जानुपर्छ भनेर नेफ्स्कुनका पूर्व महासचिव घनश्याम खतिवडा भन्ने गर्नुहुन्छ । त्यसैले सहकारी एउटा मन्दिर हो, राजनीतिलाई बाहिर राख्नुपर्छ । बचत तथा ऋण सहकारी गरिबको पक्षमा उभ्भिनुपर्छ । तर पछिल्लो समय सहकारी अभियानले बाटो बिरायो । ठिक बाटोमा हिँडेको भए यो अवस्था आउने नै थिएन । देशको प्रधानमन्त्रीले समेत सहकारीलाई कारवाही गर्छु भन्नुभयो । यो अवस्था आउनु सहकारी अभियानको लागि राम्रो कुरा होइन । अरु देशमा यस्तो भनेको सुनिएको छैन । तर नेपालमा यस्तो भन्ने अवस्था आयो ।
सहकारी अभियानलाई सही बाटोमा ल्याउन प्रारम्भिक संस्थाका सदस्यहरु पनि सहकारीको मर्म र भावना हिँड्नुप¥यो । संघहरुको चुनावमा राजनीतिक हस्तक्षेप बन्द गर्नुप¥यो । र राम्रा मान्छेहरुलाई नेतृत्वमा पठाउनुप¥यो । यसो भयो भने गलत कार्य गर्न खोज्दा हस्तक्षेप हुन्छ । सहरमा सहकारी खोल्नु हुँदैन । एउटा घरमा ५ वटा सहकारीका साइनबोर्ड छन् । ऐनमा जनसंख्याको आधारमा सहकारी संस्था खोल्ने भन्ने छ । यो कुराको अध्ययन सरकारले गर्नु पर्दैन ? दर्ता दिने निकायलाई पनि कानुनी कारवाही हुनुपर्छ ।
नेफ्स्कुनले वित्तीय कारोबार नै गर्ने हो । गरिबले जबसम्म बचत गर्दैन तबसम्म उ गरिबीबाट माथि आउन सक्दैन । आर्थिक रुपमा माथि उठ्न गरिबले बचत गर्ने बानी विकास गर्नैपर्छ । गरिबले बचत गरेको पैसा पनि राष्ट्रको लागि योगदान भइराखेको हुन्छ । सहकारीले संरक्षित पुँजी फिर्ता कोष दिन्छ तर बैंकले दिँदैन । गरिबलाई सहकारीले अझ उत्थान गर्न मद्दत गर्छ । गरिबहरुलाई बचत गर्ने बानीको विकास बसाल्नै पर्छ । तर पैसा छैन भने कसरी बचत गर्ने ? त्यसका लागि ससानो काम गर्ने बातावरण सहकारीले बनाइदिनुपर्छ । सहकारीले नाफालाई मात्रै हेर्ने होइन सेवाको भावले पनि हेर्नुपर्छ । र कमाएको नाफाबाट गरिबलाई माथि उठाउन ससानो लगानी गर्नुपर्छ । नेफ्स्कुनले पारदर्शितालाई अवलम्बन गरेर गरिबको उत्थानका लागि काम गर्नुपर्छ ।
नेफस्कुनको ३६औं स्थापना दिवसका अवसरमा पूर्व अध्यक्ष प्रधानाङ्गसँग गरिएको कुराकानीमा आधारित