शनिबार, आश्विन १७ गते २०८३

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

भाद्र १३, २०७८ आइतबार
मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

 

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । 

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकले मुलुकभरका विभिन्न अस्पतालसँग सहकार्य गरी ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउँदै आएको छन् ।