बुधबार, भाद्र ३ गते २०८३

कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु, हजुर आमा घाइते


श्रावण २६, २०८० शुक्रबार
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु, हजुर आमा घाइते
 शहबाज खान/कपिलवस्तु
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिकाकाे वडा नम्बर २ जर्लैया बस्ने चाँद अलि भाँटकाे छाेरी साहिना खातुनकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
घर अगाडी नल्कामा जडान गरिएको पानी तान्ने माेटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनकाे मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका असई डाेल बहादुर थापाले जानकारी दिए ।
 
प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा घाइते भएकी हजुरआमा अन्जुम भाँटकाे अवस्था सामान्य रहेकाे र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। छाेरी खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Write to Shahbaz Khan