दाङ्ग । रोल्पाको शहीद मार्गको परिबर्तन गाउँ पालिकाबाट दाङ्गतर्फ आउदै गरेको ना.अं.ख २६१२ नम्बरको बस त्रिबेणी गाउँपालिका वाडा नं ७ गौरी गाउँको रिचीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएकोछ । त्यस दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका छन् । मृत्यु भएकामा एकजना महिला र तीनजना पुरुष भएको र रोल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका प्रहरीले बताएको छ ।
बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ । बस सडकदेखि करिब १५० मिटर तल खसेको र सो बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ । दुर्घटना भए लगत्तै प्रहरी स्थानीय जनता लगायतको टोलि घटना स्थल पुगेर उद्धारमा जुटेका थिए ।अबिलर बर्षाले बाटो चिप्तो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमानछ । दुर्घटनाग्रस्त बस शहीदमार्ग रिचीको घुम्तीबाट झण्डै १०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी उद्धार गरिएका घाइतेहरुलाई रेउघा स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।