शुक्रबार, कार्तिक ७ गते २०८३

सामाजिक कार्यमा मिलिजुली कालिञ्चोकको सक्रियता, बनायो यात्रु प्रतिक्षालय

श्रावण २२, २०८० सोमबार
सामाजिक कार्यमा मिलिजुली कालिञ्चोकको सक्रियता, बनायो यात्रु प्रतिक्षालय

 

दोलखा ।  मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाउन सुरु गरेको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालिकाको सिंगटी बजारमा प्रतिक्षालय निर्माण गरी आज उद्घाटन गरेको हो । प्रतिक्षालय उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा बिगु गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र खड्काको प्रमुख आतित्थ्यता रहेको थियो ।

उक्त कार्यक्रममा उद्योग बाणिज्य संघको तर्फ बाट उमेश श्रेष्ठ, नेपाल बैंकका अनिल श्रेष्ठ, प्रभु बैंकबाट रन्जीत बुढाथोकी, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक  रोसन कुमार श्रेष्ठ, जनसचेतन साकोसबाट युवराज बस्नेत, च्छ्योरोल्पा साकोसबाट बिष्णु अर्याल, नमुना पर्यटन साकोसबाट मुना बुढाथोकी, सिंगटी बजार ब्यवस्थापन समितिको तर्फबाट अध्यक्ष भानु खत्री, समाजसेवी दिलकृष्ण मल्ल ठकुरी लगायत अतिथिहरु र शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितलाई संस्थाको सञ्चालक समिति सदस्य एवं गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र सिंगटीका ब्यवस्थापन उपसमिति संयोजक शुरेसचन्द्र खड्काले स्वागत गरेका थिए भने सेवाकेन्द्र प्रमुख चरित्रकुमार थापाले उद्घोषण गरेका थिए । 

कार्यक्रमका प्रमख अतिथि खड्काले मिलिजुली कालिञ्चोक साकोसले विगत देखिनै सामाजिक कार्य अन्तर्गत अति नै सराहनिय कार्य गर्दै आएको र भावी दिनमा समेत यस्ता कार्य गर्दै जाने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रम समापनको अवसरमा संस्थाका अध्यक्ष श्रेष्ठले नवनिर्मित प्रतिक्षालयको संरक्षण गर्ने जिम्मा सिंगटी बजारबासीको समेत भएको बताए। संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरु समेत गर्दै संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई प्रविधि र मुस्कान सहितको सदस्य सेवा दिएर संस्थाले यस आर्थिक वर्षको नारा ‘बिधि सहित खुसी सदस्य’ लाई साकार पार्ने बताए । 

milijuli 2.jpg