शनिबार, आश्विन १७ गते २०८३

७.२९ प्रतिशत ब्याजदरमै ग्लोबल आइएमइको विद्युतीय सवारी कर्जा 

भाद्र १०, २०७८ बिहीबार
७.२९ प्रतिशत ब्याजदरमै ग्लोबल आइएमइको विद्युतीय सवारी कर्जा 

 

ग्लोबल आइएमई बैंक लिमिटेडले अटो एक्प्रेस–ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । 

यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । 

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । 

हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।