शनिबार, आश्विन १७ गते २०८३

पेट्रोलमा ९ रुपैया बढ्यो, खानापकाउने ग्यासमा १३० रुपैया घट्यो

श्रावण १६, २०८० मंगलबार
पेट्रोलमा ९ रुपैया बढ्यो, खानापकाउने ग्यासमा १३० रुपैया घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैया, डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि निर्णय गरेको हो । 

अब पेट्रोलको मुल्य १७३, डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ। हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। 

खाना पकाउने ग्यासको मूल्य भने प्रति सिलिण्डर १३० रुपैयाँले घटेको छ। ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ ।  

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो।