नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आर्थिक वर्ष २०८०/८१ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममा विभिन्न नियमावली, विनियमावली, निर्देशिका बनाउने, त्यसको कार्यान्वयन गर्ने लगायतका विषयवस्तु समेटिएका छन् ।
धितोपत्रको दोश्रो बजारमा गैर आवासीय नेपालीको लगfनी खुल्ला गर्न आवश्यक परिमाजर्न गर्ने, हरित वण्ड लगायतका नवीन वित्तीय औजार निष्काशनका नीति, नियम र निर्देशिका तर्जुमा गर्ने, राफसाफ सुनिश्चितता कोष प्रभावकारी बनाउने, धितोपत्र र वस्तुबजार अनुगमन तथा सुपरिवेक्षणलाई व्यवस्थिति र प्रभावकारी बनाउने लगायत, धितोपत्र बजार सम्बन्धी प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न कुनै एक प्रदेशमा पुँजी बजार प्रदर्शनी सञ्चालन गर्ने विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ गरी ७४ वटा कार्यक्रम समेटिएको छ ।