प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमालेले आन्तरिक विवाद मिलाउन प्रदेश प्रमुखको पद भागबण्डा मिलाएको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यालाई नियुक्त गरिएको थियो ।
मुख्यमन्त्री बन्नु अघि आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा प्रदेश १ संसदीय दलको नेता चयन भएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधव नेपाल पक्षधर सदस्यहरु एमालेमै टिकाउन सकिने र सरकारको नेतृत्व पनि एमालेमै रहने भएकाले पार्टीले राईलाई पदबाट राजीनामा दिन लगाएको हो ।