शनिबार, आश्विन १७ गते २०८३

माेटर साइकल र सामान कसले समातेकाे हाे सशस्त्र प्रहरीले कि स्थानीय यूवाहरूले ?

श्रावण ११, २०८० बिहीबार
माेटर साइकल  र  सामान कसले समातेकाे हाे सशस्त्र प्रहरीले  कि स्थानीय यूवाहरूले ?

शहबाज खान

कृष्णनगर । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर-१ स्थित जवाबैराठ जंगलमा अवैध रुपमा भित्राइएका ४ भारतीय नम्बर प्लेटका मोटरसाइकल सहित १८ लाख बराबरको सामग्री सशस्त्र प्रहरी अफुहरुले बरामद गरेको दाबी गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको गस्ती टोलीले विकट क्षेत्रमा पर्ने जवाबैराठबाट गएकाे सोमबार राति सो सामाग्री बरामद गरेको बताए पनि रातो झन्डा नाम रहेको एक फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा एक युवाले आफुहरुले सो सामान बरामद गरि सशस्त्र प्रहरीको जिम्मा लगाएको बताउँछन् । सो भिडियोमा युवाले नेपाल कम्युनिस्ट पार्टीले सो साग्री बरामद गरेको बताइरहेका छन् ।

चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा ल्याइएको अवैध सामान जंगलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले बताएका छन् ।

बरामद गरिएका सामानहरुमा कपडा र चप्पलहरु गरी १६ पोका रहेका छन्। सबै गरी १८ लाख बढीको सामाग्री बरामद गरिएको केसीले बताए। नियन्त्रणमा लिइएका मध्ये एउटा पल्सर र तीन वटा स्प्लेन्डर रहेका छन्। बरामद गरिएको सामान कृष्ण नगर भन्सार कार्यालयमा बुझाइएको समेत केसीले बताए ।

केसीले आफुहरुले तस्करी गरि ल्याइएको समान बरामद गरेको दाबी गरिरहदा रातो झन्डा नामको फेसबुक पेजमा भिडियो हेर्दा सशस्त्र प्रहरीमाथी प्रश्न चिन्ह खडा भएको छ । सो भिडियोमा एक युवाले नेपाल प्रहरीको घुमुवाले तस्करलाइ सघाएको र आफुहरु विरुद्ध लागेको समेत बतएका छन् ।

समग्र भिडियो हेर्दा नेपाल प्रहरीको घुमुवामाथी प्रश्न तेर्सिएको छ भने सशस्त्र प्रहरी उपरीक्षक केसीले आफुहरु समान बरामद गरेको भन्ने दाबी शंकास्पद देखिएको छ ।