शनिबार, आश्विन १७ गते २०८३

आयल निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

आषाढ ३१, २०८० आइतबार
आयल निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

 

नेपाल आयल निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने जनाएको छ। भारतबाट हरेक १५–१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य तोक्ने जनाएको हो । 

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुुसार पेट्रोलको मुल्य लिटरमा ३४ पैसाले घटेर आएको हो ।

आईओसीले डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले बढाएर पठाएको छ। आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा मूल्य समायोजन गरेर सूचि पठाउने गरेको छ।

हाल काठमाण्डौ उपत्यकामा प्रतिलिटर पेट्रोलको १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ रहेको छ।