सीताराम थापा
गण्डकी प्रदेस बागलुङ जिल्लाको सदरमुकाममा कार्यालय परिसरमा एक डिभिजनल कार्यालयमा कार्यालय समयमै असार मशान्तको भोज दिउसै खसी काटेर मनाइएकाे खबर बाहिर सार्वजनिक भयो । सरकारी कर्मचारी र जन प्रतिनिधिका लागि निश्चित सेवा सुबिधा सुनिश्चित गरिए पनि धेरै पहिलेदेखि नै असार मशान्तमा भोज खाने परम्परा झनै चुलिएको जानिफकारहरु बताउछन्। बागलुङ डिभिजनल सडक कार्यालयले बाहिर देखिने गरी भाेज गरेता पनि भित्री भोज लुकेर यो भन्दा ठुलो गर्ने हुदा यो सामान्य रहेको समेत नागरिकहरुले बताए। नियम नीति बिपरित परम्परादेखि चल्दै आएको याे भाेज परम्परा लोकतन्त्रमा पनि यो फेरिएको छैन।
बर्षको अन्तमा काम सक्ने पैसा झिक्ने र खर्च गर्दा पनि जनताको बिकास बजेट फ्रिज हुने गरेको छ। बैकबाट अन्तिम भुक्तानि राेक्न पर्ने दिन काम थर्दै दिउँसो १ बजे कार्यालयमा परिसरमा जाँदा कार्यालय परिसरमै खसी काटेर मशान्त समापन पार्टीको तयारी भइरहेको देखिन्थ्यो । सचेत सेवाग्राहीले थाहा पाएर गुनासो सुनिएपछि कार्यालय परिसरमा पुग्दा कार्यालयका केही कर्मचारी खसी काट्न अभ्यस्त देखिन्थे । कार्यालय समयमा कार्यालय परिसरमा नियमको धज्जी उडाउँदै खसी काटिएको बारे साेध्दा कार्यालयका इन्जिनियर कृष्ण बहादुर खड्काले कार्यालय समयमा खसीकाट्ने कार्य राम्रो नभएको तर केहीदिन देखि कामकाे चर्काे चापमा काम गरेकाले मसान्त र रमाइलोका लागि यसो गरिएको गैरजिम्मेवार जवाफ दिए ।

नियम विपरीतको क्रियाकलापको बिषयमा कार्यालय प्रमुख डिभिजन इन्जिनियर अनुक्षा घिमिरेलाई सोध्दा फिल्डकाे काममा खटिएकाे भनी बताउनु भएन। जिल्लाको सबै सरकारी कार्यालयको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुनाउँदा यसबारेमा थप अनुसन्धान गरी संलग्नलाई कानुनको दायरामा ल्याउने बताएकाे जनाईएकाे छ। जनताको सेवामा खटिने कर्मचारी र सेवा प्रवाह गर्ने कार्यालयमै गैरकानुनी कार्यगर्दा कार्यालयको सेवा प्रवाहमाथि सेवाग्राहीलाइ असहज हुने बताईन्छ। कतिपय बजेट नहुने र नमिल्ने कार्यालयमा याे अवसर नपाउने पनि कर्मचारीहरुकाे भनाई सुनिन्छ। अशार मसान्तमा स्थानीय निकाय र सरकारी निकाय अझ धेरै यसरी भाेज गर्ने परम्पराकाे अन्त्य गर्नु पर्ने सचेत र अगुवा नागरिक अभियान्ताहरु बताउछन्।