नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग गरेको कबुल गरेको शर्तमा ऋणको साँवा तथा ब्याज तिर्न ऋणीलाई सुझाएको छ ।
वित्तीय चेतनाका लागि एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले कर्जा लिएपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नू ऋणीको कानुनी तथा नैतिक दायित्व भएको राष्ट्र बैंकले जनाएको छ ।
तोकिएको शर्तमा ऋण नतिर्न बहानाबाजी गर्ने, नाराबाजी गर्ने वा अन्य कुनै अवाञ्छनीय गतिविधि गर्नु गैरकानुनी र वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य भएको राष्ट्र बैंकले जनाएको छ ।
कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको साँवा र ब्याज मिनाहा होला भनेर भुक्तानीमा आलटाल नगर्न उसले जनाएको छ ।
कर्जाको रुपमा प्रवाह हुन् रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा उपभोग गरेर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्वा निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।