काठमाडौं । मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी दिएको समाचार छ ।
दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र साेलुकाे सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्ने प्रजिअ भटराइले बताएका छन्।
याे सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। यता त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सेनाको हेलिकोप्टर पनि उद्धारका लागि परिचालन भइसकेको बताएका छन्। दुर्घटना भएकाे उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।
हेलिकाेप्टरमा सवार पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेकाे बताइएकाे छ।
नेपालपत्र संवाददाता