नेपाल राष्ट्र बैंकले यस आर्थिक बर्षको एघार महिनाको आर्थिक् तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस आ.ब. २०७९।८० काे को ११ महिना अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.११ खर्ब १२ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंको तथ्याङकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २लाख ६० हजार २६२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.१२२९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।
नेपालपत्र संवाददाता