राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल बिहीबार सार्वजनिक गरेकाे ।
बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ जानकारी दिएकाे हाे । कुल परीक्षार्थी मध्ये २.९ प्रतिशत परीक्षार्थीले उक्त ग्रेड ल्याउन सफल भएका हुन् ।
एसईई परीक्षामा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
नेपालपत्र संवाददाता