पोखरा महानगरपालिकाले सहकारी संस्थामा रहेको सर्वसाधरणको बचतको सुरक्षा गर्न अनुगमन र नियमनलाई प्रभावकारी रुपमा अगाडी बढाउने भएको छ । सहकारी संस्थाहरुको प्रवद्र्धन र नियमनलाई थप प्रभावकारी बनाउन संघ र प्रदेश सरकारसँग समन्वय गर्ने र सबै सहकारी संस्थालाई कोपोमिसमा आवद्ध गराउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
महानगरपालिकाले हिजो ल्याएको आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘महानगर र सहकारी,उत्पादन र बजारीकरणमा साझेदारी’ भन्ने मान्यताका साथ अगाडी बढ्ने जनाएको छ । त्यसैगरी उत्पादन बाहेकका सहकारी दर्ता गर्ने कार्यलाई निरुत्साहित गर्ने,महानगर भित्रका सबै सहकारी संस्थालाई सुचिकृत हुने व्यवस्था मिलाउने र सहकारी संस्थाहरुको लागि सहकारी शिक्षा तथा वित्तयि साक्षरता कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको जोखिम न्युनिकरण, प्रवद्र्धन र संरक्षण गर्न छुट्टै कोषको स्थापना गरिने भएको छ ।