शनिबार, आश्विन १७ गते २०८३

पोखरामा ओर्लियो पहिलो अन्तर्राष्ट्रिय विमान, सिचुवान एयरलाइन्सबाट आए १३० यात्रु

आषाढ ६, २०८० बुधबार
पोखरामा ओर्लियो पहिलो अन्तर्राष्ट्रिय विमान, सिचुवान एयरलाइन्सबाट आए १३० यात्रु

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट १३० यात्रु बोकेर सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उडानमा नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका र चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल रहेको थियो । 

१ जनवरी २०२३ बाट संचालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

पोखरा विमानस्थल अन्तर्राष्ट्रय उडान सुचारू हुन नसकेपछि चीन सरकारको अग्रसरतामा केहि चिनीय एयरलाइन्सहरूले उडानका लागि अध्ययन गरिरहेका छन् ।