बनेपा तीनदोबाटोमा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले २०८० जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सो अवधिमा संस्थाको कुल तरलता रकम २२.८७ प्रतिशत अर्थात २१ करोड, ३६ लाख ७४ हजार रहेको छ । संस्थाको जेठ मसान्तसम्म कुल सम्पत्ति १ अर्ब २६ करोड ५१ लाख पुगेको छ । त्यसैगरी शेयरपुँजी ११ करोड १२ लाख ४४ हजार पुगेको छ भने जगेडा कोष ११ करोड, ३९ लाख, ८८ हजार पुगेको छ ।
त्यस अवधिमा संस्थाले ९३ करोड ४१ लाख बचत संकलन र कर्जा लगानी १ अर्ब माथि पुगेको छ । संस्थामा कुल ८८९६ शेयर सदस्य पुगेका छन् भने ८७१ जना रहेका छन् ।
सहकारी विभागले संस्थाहरूलाइ हरेक महिनाको मसान्तमा तरलताको अवस्था, सदस्य र ऋणीको संख्या लगायत वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
