शनिबार, आश्विन १७ गते २०८३

आइएमईको २३औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरी


जेठ २८, २०८० आइतबार
आइएमईको २३औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरी

 

आइएमई लिमिटेडले स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्ष प्रवेश गरेको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो । 

डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको  आयोजना गरिएको  हो । 

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा “सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य“, “रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं“ लगायतका नारा लेखिएका प्लेकार्ड रहेको थियो । प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता