बुधबार, भाद्र ३ गते २०८३

प्रभु लाइफको साधारण सभा सम्पन्न, प्रभु र महालक्ष्मी लाईफ बीच १ः१ शेयर अनुपातमा मर्ज हुने

जेठ २६, २०८० शुक्रबार
प्रभु लाइफको साधारण सभा सम्पन्न,  प्रभु र महालक्ष्मी लाईफ बीच १ः१ शेयर अनुपातमा मर्ज हुने

 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  पाँचौं वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट  शिक्षा भट्टचन,  मिजास भट्टचन,  श्याम कृष्ण श्रेष्ठ र  सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा  शंकर गौतम तथा  दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आएका छन् । साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष  अमात्यले वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ । कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।