बुधबार, भाद्र ३ गते २०८३

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई खोप दिन शुरु 

भाद्र ४, २०७८ शुक्रबार
कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई खोप दिन शुरु 

 

काठमाण्डौ महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई पहिलो डोज खोप दिन शुरु गरेको छ । १८ वर्ष उमेर पुगेका प्लस टुमा अध्ययनरत विद्यार्थी, विश्वविद्यालयका विभिन्न तहका परीक्षार्थी र ४० माथि  उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको हो । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो ।

यो चरण काे खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने जनाइएकाे छ । खोप लगाउनका लागि परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्नेछ ।