आईएमई लाइफ इन्स्योरेन्सले १ करोड २० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रिमियममा प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति पाएको छ ।
सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले आइपीओ जारी गर्न पाउने छ । कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने अनुमति पाएको हाे । कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड रुपैयाँ छ।
कर्मचारीहरूका लागि भने अंकित दरमा नै शेयर जारी हुनेछ । त्यसका लागि ६ लाख कित्ता शेयर छुट्याइएकाे छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिभिल क्यापिटल लिमिटेड रहेको छ।
नेपालपत्र संवाददाता