दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशमा राष्ट्रपतिले सही गरेसँगै दलहरु निर्वाचन आयोग पुग्न थालेका छन् ।
एमाले नेता माधव नेपालले आफ्नो अध्यक्ष रहेको नेकपा एमाले समाजवादी पार्टी नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । उनले आफ्नो दलका लागि खुल्ला किताव चुनाव चिन्ह माग गरेका छन् ।
उता जनता समाजवादी दलका नेता महन्थ ठाकुरले पनि जनता समाजवादी पार्टी (लोकतान्त्रिक
नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए । साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।