शनिबार, आश्विन १७ गते २०८३

गण्डकी संवादमा प्रदेशको डिजिटल अवस्था बारे छलफल 

जेठ ९, २०८० मंगलबार
गण्डकी संवादमा प्रदेशको डिजिटल अवस्था बारे छलफल 


कास्की । पोखरामा ‘यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे’ सम्पन्न भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा डिजिटल संवादको यो चौथो संस्करण हो ।

डिजिटल संवादमा गण्डकी प्रदेशको डिजिटल अवस्था र लिनुपर्ने कदमका विषयमा वृहत छलफल हुनुका साथै कार्यपत्र प्रस्तुत भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले गण्डकीलाई डिजिटल बनाउन सकारात्मक रहेको बताए ।

संवादमा ५ वटा कार्यपत्र प्रस्तुत भएका छन् । गण्डकी प्रदेशको डिजिटल क्षमता बारे प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम कोशी प्रदेशका आईटी तथा ई(गभर्नेन्स विज्ञ विज्ञान सत्याल, डिजिटल वित्तीय क्षमतामा फोनपका गण्डकी प्रदेश इन्चार्ज रवी चन्द्र सिग्देल, डिजिटल क्षमता विकासमा आईटी विज्ञ विवेक राणा, साइबर सुरक्षाको क्षमतामा एमिनेन्स वेजका सीईओ नारायण कोइराला र आविष्कार क्यापाबिलिटिज बारे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

कार्यक्रमको प्यानल सेसनमा वक्ताको रूपमा प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेश सबा सदस्य विन्दु कुमार थापा, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा। ढाका रामा भन्डारी, यार्सा टेकका सीईओ एनजे सुवेदी र ला ग्रान्डी कलेज प्रिन्सिपल किरण केसी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा, प्रदेश सभा सदस्य विन्दु कुमार थापा, फणिन्द्र देवकोटा, पूर्व सह(सचिव विरेन्द्र मिश्र र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सहभागिता थियो ।

कार्यक्रममा अतिथिको रूपमा नास्टका पूर्व उपकुलपति सुनिल बाबु श्रेष्ठ, आईटी विज्ञ विवेक राणा, यार्सा टेकका सीईओ एनजे सुवेदी, गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, कास्की चेम्बर अफ कमर्सका अध्यक्ष पवन कुमार प्रजापति, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा। ढाकाराम भण्डारीको उपस्थिति थियो । 

सातै प्रदेशमा डिजिटल सम्वाद सम्पन्न गरी असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुने आयोजकले जनाएको छ ।