मंगलबार, कार्तिक ११ गते २०८३

सदस्यको मन जितेका भक्तपुरका सहकारीमा पर्याप्त तरलता 

जेठ ४, २०८० बिहीबार
सदस्यको मन जितेका भक्तपुरका सहकारीमा पर्याप्त तरलता 


भक्तपुर जिल्लामा रहेका वित्तीय कारोकार गरिरहेका कतिपय सहकारी संस्थाको वित्तीय अवस्था राम्रो रहेको देखिएको छ । सदस्यको विश्वास जितेका र समुदाय केन्द्रीत भएर कारोवार गर्दै आएका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको हो । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार ती संस्थाहरुले प्रकाशित गरेको वित्तीय विवरणले त्यसको पुष्टि गर्छ । ती संस्थाहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ देखि ३४ प्रतिशतसम्म तरलता रकम रहेको पाईएको छ । सदस्यहरुको विश्वास बढ्दै जाँदा कारोबारमा समेत बृद्धि भएको र तरलता रकम पनि बढेर गएको सहकारीकर्मीले बताएका छन् । सहकारीप्रति आम मानिसको विश्वास घटिरहेका बेला भक्तपुरका राम्रा सहकारीमा भने कारोबारसँगै समग्र वित्तीय सुचांक सकारात्मक देखिएको छ ।

बालकुमारी सहकारीमा २६ प्रतिशत तरलता

बालकुमारी बचत तथा ऋण सहकारी संस्थामा २६.३१ प्रतिशत तरलता पुगेको छ । संस्थाका अनुसार ४१ करोड ५६ लाख ७८ हजार तरलता रकम रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख मसान्तको विवरण अनुसार  १३ करोड ५३ लाख ४६ हजार शेयर पुँजी, ४ करोड ८२ लाख ७८ हजार जगेडा कोष र १ अर्ब ९० करोड ६८ लाख कूल सम्पत्तिपुगेको छ । त्यसैगरी संस्थाले १ अर्ब ५८ करोड बचत संकलन गरी १ अर्ब ३४ करोड ५५ लाख ऋण लगानी गरेको छ । ५ हजार ५०५ जना सदस्य मध्ये ६३४ जना सदस्यले ऋण लिएका छन् । विभिन्न कोषमा ४४ लाख ९४  हजार रकम रहेको संस्थाको कुल संस्थागत पुँजी ४ करोड ८९ लाख ४१ हजार रहेको छ ।

चमेली कल्याणकारी सहकारीमा २३ प्रतिशत तरलता

भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा २३.४१ प्रतिशत अर्थात १३ करोड ६३ लाख ४४ हजार तरलता रकम रहेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैशाखसम्म ५ करोड ८० लाख ९२ हजार शेयर पुँजी, ५ करोड ७५ लाख ५४ हजार जगेडा कोष, ५ करोड ९१ लाख ५८ हजार कूल संस्थागत पुँजी र ४ करोड १३ लाख १८ हजार अन्य विभिन्न कोषमा रहेको छ । त्यसैगरी ५८ करोड १९ लाख ९१ हजार कुल बचत, ५८ करोड  ५७ लाख ५८ हजार ऋण लगानी र ७७ करोड २१ लाख ३७ हजारको कुल सम्पत्ति पुगेको छ ।  संस्थामा ४ हजार ८३३ सदस्य आवद्ध रहेका छन् । जस मध्ये १ हजार २२८ सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै  आएका छन् । संस्थामा १ हजार २२८ बाल सदस्य रहेका छन् । संस्थाले बचतमा ७ देखि १२ प्रतिशत र ऋणमा १२ देखि १६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

पारिजात सहकारीमा १४ प्रतिशत तरलता

पारिजात बचत तथा ऋण सहकारी संस्थामा १४. २७ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ९ करोड २९ लाख १८ हजार रुपैया बैशाख मसान्तमा तरलतामा रहेको छ । सस्ंथाको शेयर पुँजी ११ करोड २४ लाख ५५ हजार , जगेडा कोष ५ करोड ८४ लाख २७ हजार र विभिन्न कोषहरुमा २ करोड ७३ लाख ४९ हजार रहेको छ । ६ करोड ४८ लाख संस्थागत पुँजी रहेको संस्थामा ६५ करोड १० लाख ४६ हजार बचत संकलन, ७७ करोड ९७ लाख ५५ हजार ऋण लगानी र ९४ करोड १ लाख ४३  हजार कुल सम्पत्ति रहेको संस्थाले प्रकाशित गरेको विवरणमा उल्लेख छ । संस्थाा २ हजार ६४९ जना सदस्य आवद्ध रहेका छन् जसमध्ये ४ सय ८३ जनाले ऋण लिएको प्रतिवेदनमा जनाइएको छ ।

शंखधर साकोसमा ३७ प्रतिशत माथि तरलता

शंखधर बचत तथा ऋण सहकारी संस्थाले प्रकाशित गरेको बैशाखसम्मको वित्तीय विवरण अनुसार ३७.३७ प्रतिशत तरलता रहेको  छ । उक्त संस्थामा अधिक तरलता रकम अर्थात १५ करोड ७६ लाख २९ हजार रहेको छ ।  संस्थाको शेयर पुँजी ४ करोड ५७ लाख ३५ हजार, जगेडा कोष २ करोड ५९ लाख र कुल सम्पत्ति ५३ करोड ७४ लाख ७६ हजार पुगेको छ । त्यसैगरी संस्थामा ४२ करोड १८ लाख २८ हजार कुल बचत, ऋण लगानी ३१ करोड ८४ लाख ५१ हजार र संस्थागत पुँजी २ करोड ६४ लाख ४३ हजार रहेको छ । सहकारीमा ३ हजार १३९ जना सदस्य आवद्ध रहेका छन् । त्यसमध्ये ४ सय ७५ जना सदस्यले संस्थाबाट ऋण लिएको प्रकाशित प्रतिवेदनमा जनाइएको छ ।

घरपरिवार सहकारीमा २२ प्रतिशत माथि 

घरपरिवार बचत तथा ऋण सहकारीमा गत महिनाको तुलनामा बैशाखमा ७ प्रतिशतले तरलतामा वृद्धि भएको छ । चैत्रमा १५.२१ प्रतिशत रहेको तरलता बैशाखमा वृद्धि भएर २२.६८ प्रतिशत पुगेको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थाको शेयर पुँजी १ करोड ८० लाख २० हजार, जगेडा कोष ६७ लाख २० हजार र बचत संकलन ७ करोड १० लाख ३४ हजार रहेको छ । त्यसैगरी ऋण लगानी ११ करोड २५ लाख २४ हजार रहेको संस्थाको कुल सम्पत्ति १४ करोड ७४ लाख ८३ हजार पुगेको छ । संंस्थामा १ हजार ७०३ सदस्य आवद्ध रहेका छन् । त्यस मध्ये ३ सय २४ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । सहकारीमा संस्थागत पुँजी ७५ लाख र विभिन्न कोषहरुमा ३५ लाख ९३ हजार रहेको छ । 

शुभकामना साकोसमा २४ प्रतिशत माथि

शुभकामना बचत तथा ऋण सहकारी संस्थामा २४.८६ प्रतिशत तरलता रकम रहेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार २२ करोड ५६ लाख ६३ हजार तरलता रकम रहेको छ ।  त्यस अवधिमा  संस्थाको शेयर पुँजी १० करोड ६८ लाख ९८ हजार,बचत संकलन ९० करोड ७६ लाख ६१ हजार, जगेडा कोष १२ करोड ८१ लाख ४८ हजार र संस्थागत पुँजी १३ करोड ४ लाख रहेको छ । संस्थाको अन्य कोषहरुमा ८१ लाख १४ हजार, कुल सम्पत्ति १ अर्ब २५ करोड  १८ लाख र ऋण लगानी ९३ करोड ४५ लाख २४ हजार रहेको छ । संस्थामा ९ हजार २८५ सदस्य रहेका छन् । संस्थाका अनुसार ६ सय ५४ जना सदस्यले ऋण लिएका छन् ।

सामुहिक साकोसमा १६.९८ प्रतिशत तरलता

सामुहिक बचत तथा ऋण सहकारी संस्थामा ८ करोड ३३ लाख ४६ हजार अर्थात १६.९८ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाखमसान्तको वित्तीय विवरण अनुसार कुल सम्पत्ति ६६ करोड ४१ लाख, बचत संकलन ४९ करोड ८ लाख ७९ हजार, शेयरपुँजी, ६ करोड ७२ लाख ९२ हजार र ऋण लगानी ५३ करोड ८१ लाख ४४ हजार पुगेको छ । त्यस अवधिमा संस्थाको जगेडा कोषमा ४ करोड २२ लाख ५७ हजार, अन्य कोषहरुमा १ करोड ७२ लाख ६४ हजार र संस्थागत पुँजी ४ करोड २६ लाख ४५ हजार पुगेको छ । संस्थामा ६ हजार ८२५ सदस्य रहेका छन् । संस्थाबाट ऋण लिनेको संख्या ७१५ रहेको छ ।