रोजा लक्सेम्बर्ग (१८७१–१९१९) पोल्याण्डकी यहुदी मार्क्सवादी, सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री, युद्धविरोधी कार्यकर्ता हुन् । २८ वर्षको उमेरमा यिनी जर्मन नागरिक भइन् । युरो–कम्युनिज्म्को बहसमा रोजाको नाम नलिई उक्त सन्दर्भ अधुरो हुन्छ ।
मार्क्सवादी भए पनि यिनी एकदलीय कम्युनिष्टको विरोधी थिइन् । यिनको एउटा भनाइले पनि उक्त यथार्थ पुष्टि हुन्छ, “आमनिर्वाचन बिना, निर्वाध स्वतन्त्र प्रेस बिना, स्वतन्त्र विचारको टक्कर बिना, हरेक सार्वजनिक संस्थामा जीवनको अवसान हुन्छ, केवल जीवनको देखावटी झाँकी हुन्छ, जसमाथि नोकरशाही मात्र सक्रिय तत्वको रुपमा रहन्छ ।”
लेनिनसँग उनको वैचारिक विमति भए पनि लेनिन रोजालाई ‘कामदार वर्गको चील’ भन्दथे । स्तालिनले यिनलाई अपमान नै गरे । ४७ वर्षकै उमेरमा यिनको हत्या भयो । यिनी र अर्का समाजवादी कार्ल लिब्ख्नेतलाई जर्मन पारामिलिटरीले पक्राउ गरेर लगी चरम यातना दिएर मारे । रोजाको लाश नहरमा फालिएको अवस्थामा थियो । कार्ल लिब्ख्नेतलाई टाउकोमा गोली हानेर झुन्ड्याइयो ।
उनको माथिको भनाई “बर्लिनमा हुकुमको शासन ” अन्तिम लिखित शब्द ("Order reigns in Berlin", Last written words) नामक संकलित रचना–४ बाट लिइएको हो ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम