भक्तपुर । हावाहुरी चलिरहकाे र पाानी पनि परिरहेकाे बेला भक्तपुरको सल्लाघारीमा ठूलो आगलागी भइरहेको समाचार छ । सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हाे ।
अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या उत्पन्न भएको बताइएकाे छ । यस स्थितिमा आगोले झन् विशाल रूप लिइरहेको प्रहरीले जनाएको छ ।
फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अरू दुईवटा घरलाई क्षति हुनबाट जोगाएको बताइएकाे छ ।