साउदी अरेबियाले सुडानबाट विभिन्न देशका अलपत्र परेका थप १९९ व्यक्तिलाई स्वदेश फर्काएको छ । साउदी परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्ति अनुसार १० जना साउदी नागरिक र अन्य देशका नागरिक बोकेको साउदी जहाज जेद्दास्थित किंग फैसल नौसेना बेसमा आइपुगेको छ। “साउदी अरेबियाको नेतृत्वको निर्देशनमा सुडानबाट आफ्ना नागरिक र मित्र राष्ट्रका नागरिकहरूलाई सुडानबाट उध्दार गर्ने प्रयासको निरन्तरतामा १० साउदी नागरिक र मित्र राष्ट्रका१८९ नागरिकहरू जेद्दा आइपुगेका हुन् ’ विज्ञप्तिमा भनिएको छ ।

यसले सुडानबाट उद्धार कार्य शुरु भएदेखि हालसम्म ३५६ जना, जसमा १०१ जना साउदी नागरिक र अन्य २६ राष्ट्रका अन्य २५५ जनालाई उधदार गरेको मन्त्रालयले जनाएको छ। उध्दार गरिएकामा अमेरिका, बेलायत, स्वीडेन, इटाली, कतार, सीरिया, नेदरल्याण्ड, इराक, टर्की, तान्जानिया, लेबनान र लिबियाका बासिन्दाहरु रहेका छन् । जेद्दाहमा आफ्ना देशको प्रतिनिधित्व गर्ने एक दर्जनभन्दा बढी कूटनीतिज्ञहरू उध्दार गरिएका बासिन्दाहरुको स्वागत गर्न उपस्थित थिए। साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्नका लागि सहजीकरण गरिरहरेको छ।

शहबाज खान