शनिबार, कार्तिक ८ गते २०८३

नयाँ वर्षको अवसरमा निसहाय सेवा सदनलाइ राशन सहयोग

बैशाख ३, २०८० आइतबार
नयाँ वर्षको अवसरमा निसहाय सेवा सदनलाइ राशन सहयोग

 

रामेछापको मन्थलीमा रहेको नवजागरण साकोसका व्यवस्थापक रमेश कुमार उदासले नयाँ वर्षको उपलक्ष्यमा निःसहाय सेवा सदनलाइ रासन सहयोग गरेका छन् । काठमाण्डौको तिनकुनेमा रहेको निःसहाय सेवा सदनमा रहेका ३७ जना आश्रितलाई १ दिनका लागि पुग्ने राशनको व्यवस्था उनले गरेका हुन् । 

नयाँ वर्षको अवसर पारेर मानवीय सेवा गर्न पाउँदा आनन्द अनुभूति भएको उनले जनाए । उक्त कार्यमा उदासपत्नी सावित्री, तथा छोरीहरू प्रथमा र प्रार्थनाको समेत सहभागिता रहेको थियो।

nisahaya se wa.jpg