शुक्रबार, कार्तिक ७ गते २०८३

नीतिनिर्माण तहमा रहेकाले सुने, बुझे र मनन गरे सहकारीका समस्या सल्टिन्छन् 

चैत्र २७, २०७९ सोमबार
नीतिनिर्माण तहमा रहेकाले सुने, बुझे र मनन  गरे सहकारीका समस्या सल्टिन्छन् 

 

हालै सम्पन्न राष्ट्रिय सहकारी महासम्मेलमा धनगढीको किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहकाे उत्साहजनक सहभागिता थियो । नीति निर्मातालाई आफ्नो क्षेत्रका समस्या सुनाउन पाउने र केहि भएपनि त्यसको प्रतिउत्तर आउनेमा उनी आशावादी थिए । महासम्मेलनमा उनले विविध विषयमा आफुलाई अपडेट गराए तर उनको एउटै गुनासो थियो । नीति निमार्णमा रहेर काम गर्ने व्यक्तिहरुको उपस्थिति कार्यक्रममा नभएकोले भने आशालाग्दो परिणाम नआउनेमा उनी खिन्न थिए ।  ‘जसलाई सुनाउनु पर्ने हो, त्यहि व्यक्ति नभएपछि हामीलाई मात्र सुनाएर के परिणाम आउन सक्ला र उनले भने, ‘सरकारका प्रतिनिधि समेत रहेर हाम्रा कुरा सुनिदिएको भए कार्यान्वयनमा सजिलो हुने र सहकारी अभियानले चाहे जस्तो ऐन नियम बन्न सक्थ्यो ।’

विगतमा सहकारी महासंघले फरकफरक विज्ञप्ति जारी गर्दा राम्रा सहकारीलाइ पनि समस्या परेको उनले बताए । कहिले बचतमा ५ प्रतिशतको सिमा त कहिले सञ्चालक र कर्मचारीले लिएको ऋण पहिला तिर भन्ने जस्ता विज्ञप्तिले सिद्धान्तमा बसेर सञ्चालन भएका सहकारीहरुलाइ थप समस्या परेको उनले बताए । जुन संस्थामा तरलता अभाव छ , ती संस्थाको हकमा ५ प्रतिशत ठिकै होला । जुन संस्थाको सञ्चालकले ऋण लिएका छन्, ती संस्थाका सञ्चालकलाइ ऋण तिर भन्नुपर्यो । मोफसलमा रहेका सहकारीका सदस्यको मनमा सञ्चालक समितिले पो संस्थाको पैसा चलाउदा रहेछन् भन्ने नकारात्मक सन्देश गएको उनले बताए । ‘हाम्रो संस्थामा सञ्चालकको त कुरै छोडौ ,सञ्चालकका एक घरका परिवारका सदस्यले समेत ऋण लिन पाउँदैनन् । कुनै समय नेपाल राष्ट्र बैंकबाट सीमित कारोबार गर्न अनुमति लिएको संस्था हो’, उनले भने ‘त्यतिखेरको नियम हामीले अहिलेसम्म लागू गरिरहेका छौं ।’

सबै सहकारीमा ती कुरा लागू नहुने भन्दै उनले काठमाडौंका केहि सहकारीलाई हेरेर ७७ जिल्लाका सहकारी उस्तै हुन भन्ने धारणा बनाउन नहुने उनले बताए । सबै सहकारी सिद्धान्त भन्दा बाहिर नरहेको भन्दै उनले केन्द्रमा बसेर गरिने कतिपय नीतिगत निनर्य र  कतिपय अभियानका शिर्ष निकायका व्यक्तिको अभिव्यक्तिले सहकारी सञ्चालनमा अप्ठयारो पारेको उनले जनाए । मोफसलका सहकारीले कस्तो काम गरिरहेका छन्, कस्ता टेक्नोलोजीको प्रयोग भई रहेका छन्, राम्रा सहकारीलाइ कसरी प्रवर्धन गर्न सकिन्छ यो विषयमा राज्यले सोच्नुपर्नेमा उनको जोड छ । अहिले सहकारीमा प्रविधिको कुरा चलिरहेको छ, कति संस्थामा प्रविधिमा गए त? त्यसको डाटा राख्नु पर्यो, उनले भने ‘सहकारीका समस्याका बारेमा जसलाइ सुनाउनु पर्ने हो, उहाँहरु हुनुहुन्न । नीतिगत रुपमा हामी निर्णय गर्न सक्दैनौ । तपाईहरु जस्ता नयाँ व्यक्तिसँग भेटघाट गर्ने र अनुभव साट्ने माध्यम भने राम्रै बन्यो’, उनले सुनाए ।

महासम्मेलनले जारी गरेको घोषणापत्रलाई कार्यान्वयन गरेर परिणाम आउन सकेमा यो कार्यक्रम सफल भएको मान्न सकिन्छ । घोषणापत्र कार्यान्वयनमा महासंघले कस्तो भूमिका खेल्छ, यसले नै सफलताको निर्धारण गर्छ । महासम्मेलनमा मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुको पनि तीनै दिन सहभागिता रहेको भए महासम्मेलन अर्थपूर्ण हुने उनको प्रतिक्रिया थियो । 
‘अहिले स्थानीय तहमा सहकारी हेर्ने कर्मचारी नै छैनन् । जनप्रतिनिधिहरुले आआफनो पार्टीको संस्था छानेर अनुदान बाँडिरहेका छन् । सहकारीले अनुदान लिन अनुदान लिने होइन, कम्प्युटर किन्न सहयोग लिने होइन, उनले भने, ‘ती कामका लागि सहकारी आफै सक्षम हुनु पर्यो । तालिम, शिक्षा, गोष्ठी, कृषि औजार र मलखादका लागि अनुदान लिनुपर्ने हो ।’ भारतमा सहकारीलाइ जे जति अधिकार दिएको छ , त्यो अधिकार नेपालका सहकारीलाई दिएको छ, छैन । त्यसको समीक्षा गनुपर्यो । सहकारीले नयाँ केहि गर्न खोज्यो भने कम्पनी ऐन र घरेलुमा जानु भन्छ । एउटै ऐनले सबै काम गर्न पाउनुपर्यो । मैले भारत, जर्मन, फ्रान्स, कोरिया जापान लगायत धेरै राष्ट्र घुमेँ । ती देशमा सहकारीलाई प्राथामिकता दिइएको छ । सहकारीले कप मार्ट नै खोलेर दुग्ध पदार्थको विक्री वितरण गर्दै आएको छन् । त्यहाँ सहकारीको उत्पादन मात्रै बिक्री गरिन्छ । तर हामी कहाँ भने सहकारीले केहि गर्नै पाउँदैनन् ।

नेपालका सहकारी सदस्यमूखी भएनन्, आफ्नो व्यक्तिगत लाभका लागि पनि सहकारी खुले, श्रीमान अध्यक्ष त श्रीमति व्यवस्थापक भएर सहकारी खुलेका छन् । उनले भने, सहकारीको सञ्चालकमा आफ्नाको मात्रै बाहुल्यता छ । जनताको पैसा उठाएर आफ्नो फाइदाको लागि लगानी गरेका छन् । वस्तु उत्पादन र आम नागारिकको जीवन परिवर्तनमा उपयोग हुन नसकेको उनी स्वीकार्छन् । नीतिगत रुपममा व्यवस्था गरेर गलत गर्नेलाई कारवाही गर्नुपर्यो । यो मेरो पार्टीको सहकारी, त्यो अर्को पाटीको सहकारी भनेर कहिँलेसम्म चल्ने उनले भने,‘राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन र गलत गर्ने संस्थालाइ निरुत्साहित गर्नुपर्छ ।’ सहकारीमार्फत राम्रो काम गर्न नीतिगत रुपमा सहज वातावरण बनाउनुपर्ने उनको माग छ ।

कुनै संस्थाले दुधमा काम गर्छु भर्यो भने उसलाई काम गर्ने वातावरण राज्यले बनाईदिनुपर्छ । सहकारी ऐनलाई नै टेकेर सबै खाले काम गर्न पाउनुपर्छ उनको भनाई छ । सहकारी एकीकरणमा जापानको मोडालिटी ५० बर्ष पछि लागू गर्न सम्भव होला, अहिले छैन, उनले भने । बैंक तथा बित्तीय संस्थामा फोर्स मर्जर चलिरहेको छ , त्यस्तै अवधारणा सहकारीको मर्जरमा लागू गर्नुपर्ने उनले बताए । नराम्रा सहकारीलाई  राम्रा र ठुला सहकारीमा गाभेर सदस्यको बचत सुरक्षा हुने बातावरण बनाउनु पर्नेमा उनको सुझाव छ । कसैको अध्यक्ष त कसैको व्यवस्थापकको पद जाला भन्ने डरले सहकारीमा मर्जर हुन सकिरहेको छैन ।

सहकारीमा खुल्ला सदस्यताको कुरा गरेपनि कतिपय संस्थाले खुल्ला सदस्यता नै लागू हुन नसकेको र सदस्यले प्रजातान्त्रिक अभ्यास गर्न नपाएको उनको भनाई छ । सहकारीका सीमित व्यक्तिले मरणोपरान्त लाभ लिनुपर्छ भन्ने कहाँ लेखिएको छ । सबै सहकारीले खुल्ला सदस्यले दिनुपर्छ र कार्यक्षेत्र भित्रका सबैलाई सहज रुपमा सदस्यता प्रदान गर्नुपर्छ । नयाँ पुस्तालाई सहकारीमा अवसर दिन सके उनीहरुबाट नयाँ आईडिया आउँछ र सहकारीमा विश्वासको वतावरण पनि बलियो हुँदै जान्छ । सञ्चालकहरुमा सहकारी माफर्त समाज रुपान्तरण गर्छु भन्ने संकल्प चाहिन्छ भने राज्यले पनि नीतित सुधार गरेर सहकारीहरुलाई काम गर्ने वातावरण बनाउनु पर्नेमा उनको जोड छ । सहकारीको आफ्नै मुल्य, मान्यता र सिद्धान्त छन्, सञ्चालकको आफ्नै भूमिका छ, व्यवस्थापनमा रहने कर्मचारीहरुले पनि सदस्यकै कारण हामी यहाँ छौ र सदस्यलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भावना जागृत हुनुपर्ने उनको भनाई छ । कतिपय सहकारीले सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्ने गरेको भन्दै उनले सदस्य सहकारीको मालिक भएको बताए । शेयर होल्डरलाई तुच्छ नागरिकको व्यवहार गर्नु गलत भएको उनले जनाए । 
सदस्यलाई राम्रो व्यवहार नगरेकै कारण सहकारीमा अहिले विश्वासको संकट आएको उनको दावी छ । सदस्यमुखी भएर सञ्चालन भएका कुनैपनि संस्थामा वित्तीय संकटको असर नपरेको उनको भनाई छ ।

प्रविधिलाई आत्मसात गर्दै किसान

किसान सहकारीले सुदुरपश्चिम र लुम्बिनी प्रदेशका केहि स्थानिय तहलाई समेटेर संघीय विभाग अन्तर्गत रहेर वित्तीय कारोबार गर्दै आएको छ । संस्थाले प्रविधिलाई आत्मसात गरेर अगाडि बढेको छ । संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ, मिसकल सेवा सञ्चालनमा ल्याएको छ । ‘सदस्यहरु कुनै पनि कामको लागि कार्यालय धाउनु पर्दैन, स्मार्ट फोन भएका सदस्यले त सजिलै सेवा लिन सक्छन् भने स्मार्ट फोन नभएका सदस्यलाई पनि हामीले प्रविधिमैत्री सेवा दिदै आएका छौ,’ उनले भने । सदस्यको लागि मिसकल सेवा र गुनासो सुनुवाई इकाईको व्यवस्था गरेका छौं, सदस्यहरुले सेवा लिदा बोझिलो बनाउनु हुदैन भनेर सेवालाई छरितो बनाउँदै आएको महाप्रबन्धक शाहले बताए । संस्थाले सदस्यलाई स्मार्ट सेवा पुर्याएको कारण स्मार्ट सटिफिकेट पाएको उनले जानकारी दिए । देशभरका ४ सहकारीले उक्त सटिफिकेट पाएको भन्दै शाहले सदस्यलाई गुणस्तरिय सेवा दिएको भन्दै मुलुमका पहिलो संस्थाको रुपमा संस्थाले सटिफिकेट पाएको उनले जनाए । स्मार्ट क्याम्पेन भन्ने अन्तर्राष्ट्रिय फोरम छ, उक्त संस्थाले सहकारीले  दिने सेवाको बारेमा सदस्यसँग सोधपुछ गरी, सदस्यको पृष्ठपोषणको आधारमा प्रमाणपत्र प्रदान गरेको हो । संस्थालाई सर्टिफिकेट लिन ६ बर्ष लागेको उनले बताए । २०२१ मा पहिलो पटक सर्टिफिकेट पाएको र २०२३ मा पुःन नविकरण गर्ने उनले जानकारी दिए । माइक्रोक्रेडिट रेट्रिङ एजेन्सी इन्डिया नामक संस्थाले रेटिङ गर्ने गरेको छ । जबसम्म सदस्य छन्, तबसम्म हामी छौं भन्ने भावनाका साथ संस्था लागि परेको उनले बताए । सदस्य संस्थाबाट विमुख हुन थाले भने संस्थाको अस्तित्व रहँदैन भन्ने अभिप्रायका साथ काम गरिरहेको उनले सुनाए । सदस्यमाझ सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी संस्थाले सदस्यलाई शिक्षित बनाउँदै आएको छ । स्वच्छ तरकारी उत्पादन गर्न संस्थाले करेसाबारी कार्यक्रम अभियान सञ्चालन गर्दै आएको उनले बताए । जिवनदेखी मरोपरान्त संस्थाले सेवा दिँदै आएको छ । सदस्यलाई रोग लागेमा स्वास्थ्य उपचार खर्च, सदस्यको छोराछोरीलाई प्रमोशन गर्न किसान पदक दिने गरेको उनले जानकारी दिए । संस्थाको ४१ वटा शाखा रहेका छन्, प्रत्येक शाखा मार्फत २÷२ वटा पदक वितरण गर्दै आएको उनको भनाई छ । बार्षिक ८२ जना किसानलाई पदक प्रदान गर्ने गरेको छ । सदस्यको छोराछोरीले एमबिबीएस अध्ययन गरेका छन् भने संस्थाले प्रोत्साहन स्वरुप एकपटक १० हजार प्रदान गर्दै आएको छ । संस्थामा ७८ हजार सदस्य आवद्ध रहेका छन् । संस्थामा ३१८ जना कर्मचारी छन् । संस्थाको शेयर पूँजी ५१ करोड,जगेडा तथा अन्यकोषहरु गरेर ८० करोड र कुल कारोवार ५८० करोड रहेको छ । वितीय  संकटको अवस्थामा पनि संस्थामा २३ प्रतिशत तरलता रहेको छ । संस्थाले हरेक महिना वितीय विवरण वेव साइटमा प्रकाशित गर्दै आएको छ । संस्थाले किसान कप मार्ट सञ्चालनमा ल्याएको छ  । संस्थाको आफ्नै कृषि प्रवद्धन केन्द्र रहेको छ । नीजि क्षेत्रबाट  माटो परिक्षण ल्याउने किसान सहकारी पहिलो भएको उनले बताए । संस्थाले किसान एग्रो मार्ट सञ्चालनमा ल्याएको र उक्त मार्टबाट किसान सदस्यलाई विऊविजन, मलखाद र विभिन्न वस्तु तथा सेवा  उपलब्ध गराउदै आएको शाहको भनाई छ । २०५२ सालमा स्थापना भएको संस्थाले २७ बर्ष पार गरिसकेको र  यस अवधिमा सदस्यको जिवनमा देखिने गरी थुप्रै परिवर्तन ल्याउन सकेको उनले बताए । संस्थामा ७८ हजार सदस्य आवद्ध रहेका छन् । संस्थामा ३१८ जना कर्मचारी छन् । संस्थाको शेयर पूँजी ५१ करोड,जगेडा तथा अन्यकोषहरु गरेर ८० करोड र कुल कारोवार ५८० करोड रहेको छ । वितीय  संकटको अवस्थामा पनि संस्थामा २३ प्रतिशत तरलता रहेको छ । संस्थाले हरेक महिना वितीय विवरण वेव साइटमा प्रकाशित गर्दै आएको छ । संस्थाले किसान कप मार्ट सञ्चालनमा ल्याएको छ  । संस्थाको आफ्नै कृषि प्रवद्धन केन्द्र रहेको छ । नीजि क्षेत्रबाट  माटो परिक्षण ल्याउने किसान सहकारी पहिलो भएको उनले बताए । संस्थाले किसान एग्रो मार्ट सञ्चालनमा ल्याएको र उक्त मार्टबाट किसान सदस्यलाई विऊविजन, मलखाद र विभिन्न वस्तु तथा सेवा  उपलब्ध गराउदै आएको शाहको भनाई छ । २०५२ सालमा स्थापना भएको संस्थाले २७ बर्ष पार गरिसकेको र  यस अवधिमा सदस्यको जिवनमा देखिने गरी थुप्रै परिवर्तन ल्याउन सकेको उनले बताए ।

संस्थामा ७८ हजार सदस्य आवद्ध रहेका छन् । संस्थामा ३१८ जना कर्मचारी छन् । संस्थाको शेयर पूँजी ५१ करोड,जगेडा तथा अन्यकोषहरु गरेर ८० करोड र कुल कारोवार ५८० करोड रहेको छ । वितीय  संकटको अवस्थामा पनि संस्थामा २३ प्रतिशत तरलता रहेको छ । संस्थाले हरेक महिना वितीय विवरण वेव साइटमा प्रकाशित गर्दै आएको छ । संस्थाले किसान कप मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाको आफ्नै कृषि प्रवद्धन केन्द्र रहेको छ । नीजि क्षेत्रबाट  माटो परिक्षण ल्याउने किसान सहकारी पहिलो भएको उनले बताए । संस्थाले किसान एग्रो मार्ट सञ्चालनमा ल्याएको र उक्त मार्टबाट किसान सदस्यलाई विऊविजन, मलखाद र विभिन्न वस्तु तथा सेवा  उपलब्ध गराउदै आएको शाहको भनाई छ । २०५२ सालमा स्थापना भएको संस्थाले २७ बर्ष पार गरिसकेको र  यस अवधिमा सदस्यको जिवनमा देखिने गरी थुप्रै परिवर्तन ल्याउन सकेको उनले बताए ।