आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगको रक्षावरणसहितको जीवन बीमावापत २५ लाख रुपैया प्रदान गरेको छ । इन्स्योरेन्सको हेटौंडा शाखाबाट २०७६ सालमा आइएमई धन सरिता जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमाङ्क रकम रू २५ लाख रुपैंयाको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले रकम भुक्तानी गरेको हो ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर रोग प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको हो ।
कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । दाबी भुक्तानी समयमा नै नहुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा हुने उनले जनाए । कम्पनीले निवेदन प्राप्त भएको १५ दिनभित्र दाबी भुक्तानी गरेको जनाएको छ ।