आइतबार, कार्तिक ९ गते २०८३

चौंरीदेउराली गाउँपालिका सहकारी शाखाको आयोजनामा क्षमता अभिवृद्धि तालिम

चैत्र १४, २०७९ मंगलबार
चौंरीदेउराली गाउँपालिका सहकारी शाखाको आयोजनामा क्षमता अभिवृद्धि तालिम

चौंरीदेउराली गाउँपालिका, सहकारी शाखा काभ्रेद्वारा सञ्चालित ३ दिने “पालिका स्तरीय सहकारी संस्थाका सञ्चालक तथा ब्यबस्थापकहरुको क्षमता अभिबृद्धि तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ। चौरी देउराली गाउपालिका स्तरीय सहकारी समन्वय समितीले कार्यक्रमको ब्यवस्थापन गरेको थियो।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रमको सभापतित्व समन्वय समितिका संयोजक चित्र प्रसाद चौलागाईंले गरेका थियो । 

गाउँपालिका भित्रका सहकारीका समस्याहरु पहिचान गर्दै समाधानको उपायहरु सुझाइएकाे थियाे । संस्थागत सुधारका लागि सहकारीका सिद्धान्त र व्यवहारमा एकरुपता ल्याउनुपर्ने, साथै सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारीमा प्रभावकारी सन्चार हुनुपर्ने, एकता, एकीकरण हुँदै चौरीदेउरालीमा ठूला र बलिया संस्थाहरु सञ्चालनमा आएमा सहकारीको छविमा समेत सुधार हुने विषय उजागर गरिएकाे थियाे । सहकारीमा वित्तीय अनुशासन, लेखाको सिद्धान्त र व्यवहारिक रुपमै तालिम प्रदान गरिएको थियो ।

प्रशिक्षणमा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, नेशनल कोप सलुसनका कार्यकारी अधिकृत विबेकराज ठकुरी, कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण गौतमले प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा चौरीदेउराली गाउँपालिका सहकारी ऐन २०७५, चौरीदेउराली गाउँपालिका सहकारी नियमावली २०७९ छपाई गरि सबै सहभागीहरुलाइ वितरण  गरिएको थियो । तालिममा कार्यक्रममा १९ वटा सहकारी संस्थाहरुबाट ७० सञ्चालक तथा ब्यवस्थापकहरुको सहभागिता रहेको थियो ।