आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई एनएमबि बैंकले २१ हजार दिने

चैत्र २, २०७९ बिहीबार
राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई एनएमबि बैंकले २१ हजार दिने

एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली राष्ट्रिय टिमका १६ जनालाई प्रोत्साहनस्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए। 

नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकको छ। विश्व क्रिकेट लिग–२ को  कुल ३५ खेलमा १८ वटा जित हात पारेर नेपालले सिरिजको अन्तिम खेल किर्तिपुरमा युएइसँग खेल्दैछ। आजको खेलमा जित हात पारे नेपाल सिधैं विश्वकप ग्लोबल क्‍वालिफायरमा छनोट हुनेछ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंक खाता खोलेर खातामार्फत नै हस्तान्तरण गरिने बैंकले जनाएको छ।