नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका अध्यक्ष परितोष पौडेलले सहकारीका व्यस्थापकहरुमा रहेको स्किल, नलेज र एटिच्युड ग्यापलाई पुरा गर्न वकशर्प सहयोगी भएको बताएका छन् । नेफ्स्कुनले आयोजना गरेको सीइओहरुको वर्कसपमा बोल्दै उनले तीनवटा विषयमा छलफल गरी मूल्यमा आधारित सहकारी संस्था निर्माण गर्ने उदेश्यका साथ अगाडि बढेको उनले जनाए ।
अहलिे सोसियल सोलिडारीटीको अवधारणा प्रचलनमा आएको उनले बताए । उनले संसारमा थ्री पिलर इकोनोमिक सिष्टमको अवधारणा आएको बताउँदै साकोस अभियानको जगमा त्यो प्राप्त गर्न सकिने उनले बताए । चुनौतीका बीचमा सम्भावनाको खोजी गर्ने भन्दै पौडेलले जति धेरै चुनौती त्यति धेरै सम्भावना रहेको बताए । दृष्टिकोण र जीवन पद्धतिमा आएको केहि बिचलनका विरुद्ध उभ्भिन सम्पूर्ण सिईओहरुलाई उनले आग्रह गरे ।
साकोसको गरिमा र छविलाई सिरमा राखेर छवि निमार्णमा ऐक्यवद्धता जनाउन उनले आग्रह गरे । त्यो ऐक्यवद्धतासँगै नयाँ आयामका साथ अघि बढन आफ्नो क्षमता बदल्ने अवसर सिइओ गोष्ठी भएको उनले जनाए । विश्व अभ्यासमा साकोसहरुले प्रयोगमा ल्याएका आधुनिक प्रविधिहरुलाई नेपालका साकोसहरुमा आन्तरिकीकरण गर्दै जानुपर्ने उनको भनाइ थियो ।
नेपालको सहकारी अभियानलाई जीवन्त, सुशानयुक्त र गतिशिल बनाउने माध्यम भनेको स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष रहेको उनले बताए । स्थिरिकरण कोष लामो प्रयासबाट प्राप्त गरेको भन्दै उनले त्यसको स्वरुपमा केहि फेरबदल गर्नु पर्ने आवश्यकता रहेको औंल्याए । कुनै पनि संस्था दुर्घटनामा गएभने त्यसलाई जोगाउन स्थिरिकरण कोषले सुरक्षा कवचकोरुपमा काम गर्ने उनले सुनाए ।