शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रपति पदकाे तेश्राे कार्यकालका लागि संसद भवन बानेश्वरमा निर्बाचन हुँदै

फाल्गुण २५, २०७९ बिहीबार
राष्ट्रपति पदकाे तेश्राे कार्यकालका लागि संसद भवन बानेश्वरमा निर्बाचन हुँदै

पूर्ब निर्धारित कार्यसूचि अनुसार आज राष्ट्रपति निर्बाचनका लागि संसद भवन नयाँ बानेश्वरकाे ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

 

poudel-nembang.jpgआज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानकाे सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी हुन् ।

संविधानसभाबाट बर्तमान संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा का नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ  राष्ट्रपतिका उम्मेद्वार  प्रतिस्पर्धामा छन् ।

बर्तमान नेपालकाे संबिधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

विसं २०६२-६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुने ब्यबस्था छ ।

याे राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेकाे छ ।

निर्बािचत भए पछि याे राष्ट्रपतिको पदावधि निर्वाचित घाेषित  भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति भने पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने ब्यबस्था पनि संविधानमा उल्लेख छ ।

पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

संबिधानले राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्ध्दन गर्नेछ भनेकाे छ । त्यसैगरी संबिधानकाे धारा ६१ (४) – संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेकाे छ ।