बुधबार, भाद्र ३ गते २०८३

डा. हरिभक्त उपाध्याय अधिकारीको ९२ बर्षको उमेरमा निधन 

फाल्गुण २२, २०७९ सोमबार
डा. हरिभक्त उपाध्याय अधिकारीको ९२ बर्षको उमेरमा निधन 


काठमाण्डौ । नेपालमा रत्नपत्थरका अग्रदूत होमियोप्याथी चिकित्सक डा. हरिभक्त उपाध्यायको  ९२ बर्षको उमेरमा आज  निधन भएको छ । उहाँका श्रीमती,  छोरा, छोरी र नाती नातिनाहरू रहेका छन् । उहाँ नेपालमा रत्नपत्थरको खोज अनुसन्धानमा लामो सयमसम्म लाग्नु भएको थियो । यस सम्वन्धमा २०६८ मा उहा नाष्टबाट पुरस्कृत पनि हुनु भएको थियो । नेपालका बहुमूल्य रत्नपत्थरहरुका बारेमा उहाँका दुइटा महत्वपूर्ण  पुस्तक कृतिहरु पनि प्रकािशत छन् । 

hariupadhyaya.jpg
देशभक्त प्रकृतिका राणशासन बिरोधी ०७ सालको जन आन्दोनलका एक योध्दा अधिकारी नेपाललाई रत्नपत्थरबाट कसरी धनी बनाउन सकिन्छ, कसरी आद्योगिकरण गर्न सकिन्छ अनि बिश्वका राष्ट्र समुदायसँग आँखा जुधाएर हिड्न सक्ने कसरी बन्न सकिन्छ भन्ने हुटहुटी भएको असल ब्यक्तित्व हुुनु हुन्थ्यो । 
प्रकृति प्रदत्त जडीबुटी प्रयोग गरेर बिमारीहरुको निशुल्क सेवा गर्ने डा. अधिकारी देशको बिग्रदो स्थिति, बढ्दो भ्रष्टाचार र परनिर्भरताप्रति अत्यन्तै चिन्तित हुनु हुन्थ्यो र त्यसबाट बाहिर निस्कने उपायको खोजीमा पनि हुनु हुन्ग्थ्यो । उहाँको देहाबसानबाट देशले एकजना सचेत र असल नागरिक मात्र होइन देशका निम्ति निस्वार्थरुपले कृयाशील बैज्ञानिक पनि गुमाएको छ ।