बुधबार, भाद्र ३ गते २०८३

बिनाशकारी अपूर्व प्रलयलाई पर्खिने कि समयमै बिउँझिने ?

फाल्गुण १८, २०७९ बिहीबार
बिनाशकारी अपूर्व प्रलयलाई पर्खिने कि समयमै बिउँझिने ?

बैज्ञानिकहरुले भनिरहेका छन् जुन जीवजन्तुहरु जंगल या अन्य कुनै उनीहरुको प्राकृतिक बासस्थानबाट लुप्त भइसकेका छन् तिनको आवादी चिडीयाखाँनामा बाँचे बचाइएका जीवजन्तुहरुको माध्यमबाट पुनः फिर्ता गरेर सामान्य स्तरसम्म ल्याउन अत्यन्तै कठिन छ । उनीहरुको प्राकृतिक आवासमा जुन जनावरहरुको संख्या १० प्रतिशतभन्दा पनि कम भइसकेको छ तिनको आवादी बढाउनका लागि प्रायः चिडीयाखाँनाका जीवहरुलाई जंगलनमा छोड्ने गरिन्छ ।

यस नयाँ अध्ययनपछि बिशेषज्ञहरुले भनेका छन् किक आवादी बढाउन मुस्किल छ । किनभने जुन कारणहरुले गर्दा जनावरहरुको संख्या घटेको थियो ती कारणहरु ज्यूँका त्यूँ रहेका छन् । यस सम्वन्धि अध्ययन पछि विशेषज्ञहरुले भनेका छन् कि जुन खतराले ती जनावरहरुलाई बिलुप्त हुने संघारमा धकेलिदियो त्यो खतरा जगंलमा दोश्रो पटक पठाइएका प्राणीहरुका लागि पनि कायम रहिरहन्छ । त्यस्ता खतराहरुमा जैबिक बिबिधतामा कमी र अबैध शिकाकर आदि औंल्याउन सकिन्छ । यद्यपि बैज्ञानिकहरुले संरक्षणलाई आवश्यक मान्दछन् र भन्दछन् कि यदि यस्तो कोशिश गरिदैनथ्यो भने त ती जनावरहरु धेरै पहिला नै लुप्त भइसक्ने थिए ।

अब डोडो चरालाई पुनः जिउदो तुल्याउन कोशिश हुने छ

सन् १९५० देखियता अहिलेसम्म झण्डैझण्डै १०० प्रजातिहरु यस्ता छन् जुन बिलुप्त भइसकेका छन् । त्यसो हुुनुका मूख्य कारणहरुमा अबैध शिकार, बन बिनाश, घटदो प्राकृतिक आवास आदि खतरा सामेल छन् ।

खतराको लम्बिदो लाल सूचि

‘बनमा बिलुप्त’को श्रेणीकोरुपमा बिलुप्त हुन लागेको खतरा झेलिरहेका जनावहरुको ‘राताेसूचि’ मा १९९४ मा जोडिएको थियो। अनुसन्धान पत्रिकाहरु ‘विज्ञान र विविधता’ अर्थात साइन्स एड डाइभर्सिटी पत्रिकामा प्रकाशित शोध पत्रमा भनिएको छ कि यो लाल सूचिमा शामेल गरिएकाक प्रजातिहरुमध्येमा  जति पनि जनावरहरुलाई बन जंगलमा पुनः पठाइयो तिनको आवाधी बढाउने कोशिश गरियो तीमध्ये १२ यस्ता रहेका छन् जसको आवादी केही हदसम्म बढ्यो ।

तीमध्ये ११ प्रजातिहरुकाके अबस्था डाइनोसर, डोडो चार र प्याशिफि आइल्याण्डका दर्जनौं बोट बिरुवाको जस्ता भयो जुन पुनः हुर्किन नै पाएनन् । ६६ करोड बर्ष पहिला पेरिस शहरको आकारको एउटा उल्का पिण्ड पृथ्बीसँग टकराउँदा डाइनोसर समेत कयौं प्रजातिहरु बिलुप्त भएका थिए । अहिले पनि जैबिक बिबिधताले त्यस्तै किसिमको डरलाग्दो संकट झेलिरहेको  छ।

बितेको ५० सालयता अहिलेसम्म ब्यापक बिनासका ५ वटा महत्वपूर्ण घटनाहरु भइसकेको बैज्ञानिकहरु उल्लेख गर्दछन् । उनीहरुका अनुसार मनुष्य जातिले पृथ्बीलाई ब्यापक विनाशको छैठौ घटनाको संघारमा पुर्याइदिएको छ र प्रजातिहरु सामान्यरुपमा पनि १०० देखि १००० गुणा तीब्ररुपले आज बिलुप्त भइरहेका छन् ।

बिनाशको संघारमा पुग्दैगर्दा

ती शोधपत्रहरुमा लेखकहरुले भनेका छन् कि ‘११ प्रजातिहरु त यसरी बिलुप्त भए ती हाम्रै रेखदेखमा थिए’ । १५ जना शोधकर्ताहरुले तयार पारेको त्यस प्रतिबेदनमा के भनिएको छ भने बिलुप्त हुने अन्तिम संघारमा खडा  भएका प्रजातिहरुलाई बढाउने केही अवसर बिल्दछ र त्यसको लाभ उठाइनु पर्दछ । ‘करेण्ट बायोलोजी’ नामको पत्रिकामा प्रकाशित एउटा अन्य अध्ययनमा पनि बैज्ञानिकहरुले २५ करोड बर्ष पहिला घटेको प्रलयकारी घटनाको अध्ययन गरेका छन् जसमा पृथ्वीमा रहने गरेका ९५ प्रतिशत प्रजातिका जीवहरु समाप्त हुन पुगेका थिए 

के नयाँ ठाउँमा राखेर बचाउन सकिन्छ बिलुप्त भइरहेका बोट बिरुवाहरु ?

यस अनुसन्धानमा संलग्न चाइना यूनिभर्सिटी अफ जियो–साइन्सेजका प्रमुख अनुसन्धानकर्ता युआंगेंग ह्वाङ्गले बताएका छन् –‘यस पटक जुन तीब्रताकासाथ प्रजातिहरु विलुप्त भइरहेका छन् त्यो बितेका कुनै पनि प्रलयकारी घटनाहरुभन्दा धेरै तीब्र छ । हामी त्यस बिन्दूको पर्बानुमान लगाउन पनि सक्दैनौं जहाँ पुगेपछि पारिस्थितिकी तन्त्र अर्थात इकोसिस्टम पूर्णरुपले नष्ट हुन जानेछ । हामीले जैविक विविधतालाई खतम हुनबाट जोगाएनौ भने त्यस्तो अभूतपूर्व  प्रलय हुन जाने कुरा निश्चित छ’ ।